ककनीमा देउराली खोलाले बगाउँदा ८ वर्षीय बालकको मृत्यु, दिदी घाइते

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार २९, सोमबार ०७:२४


नुवाकोट, असार २८ – नुवाकोटको ककनी गाउँपालिका–६ स्थित देउराली खोलाले बगाउँदा एक बालकको मृत्यु भएको छ भने उनकी दिदी घाइते भएकी छन्।


आइतबार दिउँसो करिब ३:१५ बजे लाइटहाउस स्नो भ्यु बोर्डिङ स्कुल ककनीबाट घर फर्किने क्रममा स्थानीय रविन्द्र तामाङका ८ वर्षीय छोरा छेवाताङ तामाङ र ११ वर्षीया छोरी सोनु तामाङ देउराली खोला तर्ने क्रममा बगेका थिए।


घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी ककनीबाट प्रहरी निरीक्षक रविनकुमार गुप्ताको नेतृत्वमा खटिएको टोली र स्थानीयवासीको सहयोगमा घटनास्थलबाट करिब ३०० मिटर तल खोलाबाट दुवै जनालाई उद्धार गरिएको थियो।


उद्धारपछि ८ वर्षीय छेवाताङ तामाङलाई घटनास्थलमै मृत घोषणा गरिएको प्रहरीले जनाएको छ। घाइते ११ वर्षीया सोनु तामाङको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ र उनको अवस्था सामान्य रहेको बताइएको छ।घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको छ। यसैबीच उक्त घटनाका विषयमा नुवाकोटका बाैद्विक जगत तथा राजनीति दलहरूले घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *