पेट्रोल छर्केर जलेका विवेक मण्डलको पनि उपचारको क्रममा मृत्यु

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३०, मंगलवार ०९:१०

काठमाडौं । केहीदिनअघि सर्लाहीमा आफैंमाथि पेट्रोल छर्केर आगजनी गर्दा गम्भीर घाइते भएका विवेक मण्डलको उपचारको क्रममा मृत्यु भएको छ।

मंगलबार बिहान २स्४० बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारको क्रममा रहेका मण्डलको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।

असार २६ गते सर्लाहीमा गडैता नगरपालिका वडा नम्बर १० का ३५ वर्षीय मण्डलले आफ्नो घर नजिकै पेट्रोल छर्केर आगजनी गरेका थिए।

उनले आफैंमाथि आगजनी गरेपछि उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। उनी गम्भीर अवस्थामा थिए।यसअघि पनि दुई जनाले आत्मदाह गरेका छन्।

काठमाडौंमा गणेश नेपाली र अश्विन राउतले पनि आफैंमाथि आगजनी गरेका थिए। उनीहरू दुबै जनाको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *