चुनाव नजितेका जिल्लामा कांग्रेसको विशेष अभियान : सांसदलाई संगठन सुदृढीकरणको जिम्मेवारी( काे कहा ? नामावलीसहित)

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ असार ३२, बिहीबार ११:३७

क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्य विस्तार र संगठन निर्माणको अवस्था बुझ्न ३८ सांसद विभिन्न जिल्लामा खटाइए
काठमाडौं । नेपाली कांग्रेसले आगामी संगठन सुदृढीकरण अभियानलाई प्रभावकारी बनाउन प्रतिनिधिसभा सदस्यहरूलाई आफू निर्वाचित नभएका जिल्लाहरूमा खटाएको छ।


पार्टीले ३८ जना सांसदलाई विभिन्न जिल्लाको जिम्मेवारी दिँदै त्यहाँको संगठनात्मक अवस्था बुझ्ने, क्रियाशील सदस्यता अद्यावधिक गर्ने, नयाँ सदस्य थप गर्ने तथा संगठन विस्तार र सुदृढीकरणमा जोड दिने जिम्मेवारी दिएको हो।


सांसदहरूले सम्बन्धित जिल्लामा पुगेर जिल्ला कार्यसमिति, क्षेत्रीय तथा स्थानीय तहका पार्टी नेतृत्वसँग छलफल गर्ने, संगठनका सबल र कमजोर पक्षको मूल्याङ्कन गर्ने तथा आगामी निर्वाचनलाई लक्षित गरी संगठनलाई चलायमान बनाउने अपेक्षा गरिएको छ।


यस अभियानअन्तर्गत क्रियाशील सदस्यताको अद्यावधिक, नयाँ सदस्य भर्ना, वडा तहसम्म संगठन विस्तार, कार्यकर्ताको सक्रियता बढाउने तथा संगठन निर्माणमा देखिएका चुनौती र सम्भावनाबारे प्रतिवेदन तयार पार्ने कार्यसमेत सांसदहरूको जिम्मेवारीमा रहनेछ।


पार्टी नेतृत्वका अनुसार यो अभियानको मुख्य उद्देश्य संगठनलाई तल्लो तहसम्म थप सक्रिय, व्यवस्थित र बलियो बनाउँदै आगामी राजनीतिक कार्यक्रम तथा निर्वाचनका लागि कांग्रेसलाई तयार पार्नु हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *