काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सदस्यलाई आर्थिक वर्ष ०८२/८३ को सम्पत्ति विवरण अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको छ।
संसद् सचिवालयअन्तर्गतको सांसद सुविधा व्यवस्थापन शाखाले जारी गरेको सूचनाअनुसार सांसदहरूले आफ्नो तथा परिवारका सदस्यको नाममा रहेको सम्पत्तिको अद्यावधिक विवरण स्रोत र प्रमाणसहित पेस गर्नुपर्नेछ।
सूचनामा आर्थिक वर्ष समाप्त भएको मितिले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने उल्लेख गरिएको छ। यसअनुसार सांसदहरूले ०८३ साउन १ गतेदेखि भदौ २९ गतेभित्र विवरण पेस गरिसक्नुपर्नेछ।
भ्रष्टाचार निवारण ऐन, २०५९ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ ले सार्वजनिक पद धारण गरेका व्यक्तिलाई प्रत्येक आर्थिक वर्ष समाप्त भएको ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन अनिवार्य व्यवस्था गरेको छ।
संसद् सचिवालयले तोकिएको समयसीमाभित्र सम्पत्ति विवरण नबुझाउने सांसदमाथि प्रचलित कानुनबमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्