कांग्रेस नेता लामाले जग्गा हडपेकाे भन्ने आरोपप्रति ज्योति विकास बैंकको आपत्ति, भ्रम फैलाउनेविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण १, शुक्रबार १६:२६

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले नेपालटार शाखाबाट प्रवाह भएको एक कर्जाको धितो लिलाम बिक्री प्रक्रियासम्बन्धी विषयमा सामाजिक सञ्जालमा भइरहेका टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

किस्पाङ–३ निवासी च्याउकी माया तामाङले काठमाडौंको तारकेश्वर नगरपालिका–२ स्थित आफ्नो घरजग्गा धितो राखी चार वर्षअघि ज्योति विकास बैंकको नेपालटार शाखाबाट घर निर्माण कर्जा लिनुभएको थियो।

आर्थिक अभावका कारण पछिल्ला दुई वर्षदेखि कर्जा तथा ब्याज नियमित रूपमा तिर्न नसकेपछि बैंकले पटक–पटक ताकेता गर्दै चार पटकसम्म लिलामको सूचना प्रकाशित गरेको जनाएको छ ।उक्त जग्गा कांग्रेस नेता बहादुरसिंह लामाले बैंकको नियम अनुसार लिलामी सकारेका थिए ।साेही विषयमा पीडित पक्ष अहिले लामा र बैंक विरुद्ध लागेपछि लामार बैंक दुवैले खण्डन गरेका छन् ।


शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै बैंकले कर्जाग्राहीले साँवा–ब्याज भुक्तानी नगरेपछि आन्तरिक नीति, प्रचलित कानुन तथा नियामकीय निर्देशिका बमोजिम पटक–पटक कर्जा नियमित गर्न प्रयास गरिएको जनाएको छ। त्यसपछि पनि कर्जा नियमित नभएपछि राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी प्राप्त बोलपत्रलाई नियमअनुसार स्वीकृत गर्दै धितो लिलाम बिक्री गरिएको बैंकले स्पष्ट पारेको छ।


बैंकका अनुसार धितो लिलामबाट बैंकले आफ्नो कर्जा असुल गरिसकेपछि पनि कर्जाग्राहीसँग अन्य व्यक्तिको व्यक्तिगत आर्थिक लेनदेनको जिम्मेवारी बैंकले लिनुपर्ने भन्ने तर्क निराधार, असान्दर्भिक र अनुचित हो।


विज्ञप्तिमा बैंक, बैंकका पदाधिकारी तथा संस्थाको प्रतिष्ठामा आँच पुग्ने गरी सामाजिक सञ्जालमा झुटा आरोप, गालीगलौज र भ्रामक सामग्री प्रचार गरिएको भन्दै गम्भीर आपत्ति जनाइएको छ।


ज्योति विकास बैंकले आफ्नो नाम र लोगो अनधिकृत रूपमा प्रयोग गरी भ्रम फैलाउने तथा बैंकको छविमा नकारात्मक असर पार्ने गतिविधिमा संलग्न व्यक्तिविरुद्ध प्रचलित कानुनअनुसार आवश्यक कानुनी कारबाही गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *