गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउने गगन थापाको घोषणा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ श्रावण ७, बिहीबार १७:३०

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका नेता गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको वरिष्ठ नेता बनाउने घोषणा गरेका छन्।


राजधानीमा बिहीबार आयोजित एक कार्यक्रममा क्यान्सरजस्तो गम्भीर रोगसँग उपचाररत रहेका श्रेष्ठप्रति सम्मान व्यक्त गर्दै सभापति थापाले यस्तो घोषणा गरेका हुन्।


थापाले भने, “कांग्रेसको राजनीतिमा महत्त्वपूर्ण योगदान दिनुभएका आदरणीय गोपालमान दाइलाई वरिष्ठ नेता बनाउने घोषणा गर्दछु। मलाई विश्वास छ, केन्द्रीय समितिले यसलाई अनुमोदन गर्नेछ।”
गोपालमान श्रेष्ठ लामो समय नेपाली कांग्रेसको संगठन निर्माण र नेतृत्व तहमा सक्रिय रहँदै आएका नेता हुन्।

उनी तत्कालीन सभापति शेरबहादुर देउवा निकट मानिए पनि पछिल्लो विशेष महाधिवेशनको बहसका क्रममा गगन थापाको नेतृत्वमा अघि बढाइएको विशेष महाधिवेशनको पक्षमा खुलेर समर्थन गरेका थिए।


सभापति थापाको यो घोषणालाई कांग्रेसभित्र लामो योगदान दिएका नेताप्रति सम्मान व्यक्त गर्ने कदमका रूपमा हेरिएको छ। अब उनको वरिष्ठ नेता नियुक्तिको औपचारिक निर्णय भने नेपाली कांग्रेस केन्द्रीय समितिबाट अनुमोदन भएपछि लागू हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *