महाधिवेशन राेक्न माग गर्दै कांग्रेसइतर पक्ष अदालत जाने तयारीमा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ३, बुधबार ११:५६

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर समूह १५औं महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालत जाने भएको छ।

पार्टीले आधिकारिकता सम्बन्धी विवाद विचाराधीन रहेको अवस्थामै महाधिवेशनको कार्यतालिका संशोधन गरेर सार्वजनिक गरेपछि इतर समूह सर्वोच्च जाने भएको हो।

इतर समूहको प्रचार–प्रसार समितिका संयोजक मीन विश्वकर्माले महाधिवेशन प्रक्रिया तत्कालका लागि रोक्न माग गर्दै आफूहरू सर्वोच्च जाने तयारीमा रहेको जानकारी दिएका छन्।

संयोजक विश्वकर्माका अनुसार समूहले गठन गरेको नेता रमेश लेखक संयोजकत्वको कानून तथा विधान समिति अदालत जाने भएका छन्। इतर समूहले महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै समितिले अदालत जाने तिथि–मिति भने तय गरेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *