|
२०८३ भाद्र ५, शुक्रबार ०९:२२
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आन्तरिक विवादकाबिच केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ ।
पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज शुक्रबार बिहान ११ बजे बस्ने समिति सचिव दिनेश थापामगरले जानकारी दिनुभयो ।
संस्थापन इतर पक्षले १५औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालत जाने निर्णय गरेसँगै बोलाइएको अनुशासन समितिको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेस संसथापनइतर पक्षले आज नै महाधिवेशन रोक्न माग गर्दै सर्वोच्च अदालतमा अर्को मुद्दा दर्ता गर्ने तयारी गरिरहेका बेला संस्थापनपक्षका तर्फबाट अनुशासन समितिको बैठक बस्न लागेको छ ।
बैठकका एजेण्डा सार्वजनिक नभएको अवस्थामा कतिपयले देउवा पक्षलाई सचेत, वा स्पष्टिकरण सोध्ने सक्ने सम्भावनाहरु समेत औल्याएका छन् । यसविषयमा समिति भने केही बोलेको छैन ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्