रास्वपाको केन्द्रीय समितिमा सुनिलदेखि सुधनसम्म मनोनयन

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ५, शुक्रबार १५:४७

काठमाडाैँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सचिवालयमा ११ जनालाई मनाेनीत गरेकाे छ । शुक्रबार बसेकाे केन्द्रीय समिति बैठकले सचिवालयमा ११ जना थपेकाे हाे।

सचिवालयमा मनाेनीत हुनेहरूमा कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी,शिशिर खनाल,गणेश पराजुली, विराजभक्त श्रेष्ठ,दीपक बोहरा, समीक्षा बास्कोटा रहेका छन्। त्यस्तै शिव नेपाली, इन्दिरा राना मगर, मनिष झा र पुरुषोत्तम यादव पनि सचिवालयमा अटाएका छन्। यस्तै आज नै रास्वपाले केन्द्रीय समितिमा नयाँ सदस्यहरू मनोनयन गरेको छ।

पार्टीको केन्द्रीय समिति विस्तार गर्ने क्रममा विभिन्न क्षेत्रबाट नेतृत्व प्रदान गरिरहेका नेताहरूलाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको मनिष झाले जानकारी दिएका हुन्।

मनोनीत हुनेहरूमा सुनिल लम्साल, भूपदेव शाह, सुधन गुरुङ, प्रतिभा रावल, पुरुषोत्तम यादव, मनोहर प्रधान, वसुमाया तामाङ, भक्तबहादुर राई र सुरेन्द्र चौधरी रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *