सरकार र महाअभियानबीच १४ बुँदे सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ६, शनिबार १८:४३

काठमाडौँ । नेपाल सरकार र ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान, नेपाल’ बीच १४ बुँदे सहमति भएको छ। सहमति भएसँगै महाभियानले सञ्चालन गर्दै आएका धर्ना तथा आन्दोलनका सम्पूर्ण कार्यक्रम आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ।


काठमाडौँ उपत्यका प्रवेश गरी ललितपुरको पुल्चोकमा धर्नामा रहेका महाभियानका प्रतिनिधि र सरकारद्वारा गठित वार्ता टोलीबीच भएको गहन छलफलपछि १४ बुँदे सहमति पत्रमा हस्ताक्षर भएको हो।


सहमति पत्रमा सरकारका तर्फबाट वार्ता टोलीका संयोजक एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव लिलाधर सुवेदी र महाभियानका तर्फबाट वार्ता समिति संयोजक विष्णु बोहोरा क्षेत्रीले हस्ताक्षर गर्नुभएको छ।


सहमति कार्यान्वयन गर्ने प्रतिबद्धतासहित महाभियानले आन्दोलनका सम्पूर्ण कार्यक्रम अन्त्य गर्ने निर्णय गरेको जनाइएको छ। सहमतिपछि पुल्चोकमा जारी धर्ना तथा प्रदर्शनसमेत समाप्त हुने भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *