काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण तत्कालका लागि स्थगित भएको छ। यसअघि अगस्ट दोस्रो साता चीन जाने भनिएको उनको भ्रमण आन्तरिक तयारीलगायतका कारण सेप्टेम्बर दोस्रो साताका लागि सारिएको थियो।
तर पछिल्लो जानकारीअनुसार सेप्टेम्बर दोस्रो सातामा समेत लामिछानेको चीन भ्रमण नहुने भएको छ। उच्च स्रोतका अनुसार अब चीन भ्रमणमा रास्वपाका सांसदहरूको टोली मात्रै जाने तयारी भएको छ।
भारत भ्रमणपछि लामिछानेले चीन भ्रमण गर्ने तयारी गरेका थिए। भारत भ्रमणका क्रममा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटवार्ता गरेका थिए। त्यसपछि चीन भ्रमणको तयारी अघि बढाइएको थियो।
यसअघि लामिछानेको चीन भ्रमणमा चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा सरकारका उच्च अधिकारीसँग भेटवार्ता हुने बताइएको थियो। भ्रमणका क्रममा तिब्बतस्थित मानसरोवर जाने कार्यक्रमसमेत रहेको स्रोतले जनाएको थियो।
लामिछानेको भ्रमण स्थगित भए पनि रास्वपाका सांसदहरूको एक टोली भने चीन जाने तयारीमा रहेको बताइएको छ।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्