कांग्रेस महाधिवेशन प्रक्रिया रोक्न देउवा र खड्काले सर्वोच्चमा दिए छुट्टाछुट्टै रिट

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ८, सोमबार १३:२८

काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशन रोक्न निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले छुट्टाछुट्टै रिट दिएका छन्। उनीहरूले वारेसमार्फत् आज सर्वोच्च अदालतमा रिट दिएका हुन्। शुक्रबार थप कागजात पूरा गर्ने भन्दै फिर्ता लगिएको रिट निवेदनआज अदालतमा पुन पेश गरिएको छ ।

केन्द्रीय समितिले असोज १६ देखि १९ गतेसम्म १५ औं महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको थियो। उक्त केन्द्रीय महाधिवेशन कार्यतालिका यथावत् राखेर हालै कांग्रेस केन्द्रीय निर्वाचन समितिले तल्ला तहका अधिवेशन तालिका जारी गरेको थियो।

त्यसविरूद्ध देउवा र खड्का सर्वोच्च पुगेका हुन्।

विशेष महाधिवेशनबारेको सर्वोच्चको निर्णय पुनरवलोकन गर्न माग गर्दै यसअघि देउवा र खड्काले रिट दिएर सर्वोच्चले अनुमति पनि दिएको थियो। त्यसैले उक्त मुद्दाको अन्तिम किनारा नलाग्दासम्म महाधिवेशन गर्न नहुने पक्षमा देउवा र खड्कालगायत संस्थापनइतर पक्ष छ। सर्वोच्च अदालतका सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले दुई वटा रिट आएको बताए। ‘कांग्रेस महाधिवेशनसँग सबन्धित दुई वटा रिट आएको छ,’ उनले भने, ‘हामी अध्ययनकै क्रममा छौं।’ देउवा र खड्काले निर्वाचन समितिले महाधिवेशन कार्यतालिका ल्याएकोले त्यो बदर गर्न माग गरेका छन्। भदौ ५ गते पनि रिट दिएर देउवा पक्ष सर्वोच्च पुगे पनि केही सच्याउनुपर्ने भन्दै फिर्ता लगेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *