|
२०८३ भाद्र ८, सोमबार १३:३८
रसुवा । नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखाका सभापति बाबुलाल तामाङले पदबाट राजीनामा दिएका छन्।
तामाङले घरायसी तथा शारीरिक अवस्थाका कारण सभापति पदमा रही कामकाज गर्न नसक्ने जनाउँदै २०८३ भदौ ८ गतेदेखि लागू हुने गरी जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यसमक्ष राजीनामा बुझाएका हुन्।
नेपाल रेडक्रस सोसाइटीको विधान २०२० (अठारौँ संशोधन २०७९) को धारा ६६ को ‘ख’ (१) मा भएको व्यवस्थाअनुसार उनले राजीनामा दिएका हुन्।
तामाङको राजीनामापछि अर्को व्यवस्था नभएसम्मका लागि जिल्ला शाखाका उपसभापति देकिछोमो तामाङलाई कार्यवाहक सभापतिको जिम्मेवारी तोकिएको छ।
बाबुलाल तामाङले करिब तीन दशकदेखि नेपाल रेडक्रस सोसाइटी रसुवा जिल्ला शाखामा नेतृत्व गर्दै आएका थिए।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्