निजी सवारीलाई पनि नागढुंगा सुरुङ प्रयोग खुला

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ भाद्र ८, सोमबार १६:२७

निजी सवारीलाई पनि नागढुंगा सुरुङ प्रयोग खुला गरिएको छ।

९ जनासम्म यात्रु क्षमता भएका कार, जिप, भ्यानलगायत निजी सवारीलाई सोमबारदेखि सुरुङ प्रयोग गरेर काठमाडौँ–धादिङ आउजाउ खुला गरिएको हो । उद्घाटनको समयदेखि आपतकालीन सवारीलाई मात्र सुरुङ प्रयोग गर्न दिइएको थियो ।

सोमबार बिहान ९ बजेदेखि इमर्जेन्सी सवारी, एम्बुलेन्स, सरकारी प्लेटका सवारीसहित ९ सिटसम्मका निजी सवारीसाधनलाई आवागमन खुला गरिएको नागढुंगा सुरुङ मार्ग सुरक्षा युनिटका उपप्रमुख कविराज श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *