|
२०८३ आश्विन ११, आईतवार १८:१७
नुवाकोट । नेपाली कांग्रेस नुवाकोटले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत जिल्लामा रोकिएको पालिका तथा क्षेत्रीय अधिवेशनको नयाँ मिति तय गरेको छ।
नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय नुवाकोटले जारी गरेको सूचनाअनुसार मौसम अनुकूल नभएका कारण यसअघि स्थगित गरिएको अधिवेशन अब मौसम अनुकूल हुँदै गएको र अधिवेशन गर्न सकिने अवस्था बनेपछि नयाँ मिति तोकिएको हो।
नयाँ कार्यतालिकाअनुसार पालिका स्तरीय अधिवेशन २०८३ असोज १३ गते हुनेछ। त्यस्तै प्रदेश सभा क्षेत्रीय अधिवेशन तथा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन २०८३ असोज १४ गते गर्ने निर्णय गरिएको छ।
जिल्ला निर्वाचन अधिकृत अधिवक्ता रत्न सुन्दर कुँजुद्वारा जारी विज्ञप्तिमार्फत सम्बन्धित सबैलाई नयाँ कार्यतालिकाबारे जानकारी गराइएको हो।
नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्