पूर्वप्रधानन्यायाधीश जबराले मागे थप सुरक्षा

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन १२, सोमबार १२:२४


काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले आफ्नो तथा परिवारको सुरक्षामा थप चुनौती महसुस भएको भन्दै प्रहरीसँग थप सुरक्षा व्यवस्था मिलाइदिन आग्रह गरेका छन्।

जबराले काठमाडौं उपत्यका प्रहरी कार्यालय, रानीपोखरीमा निवेदन दिँदै पछिल्लो समय देशको अवस्था, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आएका केही विषयका कारण आफ्नो परिवारको सुरक्षामा गम्भीर चुनौती महसुस भइरहेको उल्लेख गरेका छन्।


निवेदनमा आफूले सर्वोच्च अदालतको प्रधानन्यायाधीशका रूपमा कार्यसम्पादन गरेका जिम्मेवारी तथा राज्यका अंगसँग सम्बन्धित विषयमा गरेका न्यायिक निर्णयका कारण पनि थप असुरक्षाको महसुस भएको उल्लेख छ। साथै, केही दिनअघि प्रहरी कार्यालयमा आएपछि आफूले थप केही जानकारी पाएको भन्दै त्यसका कारण पनि सुरक्षा चुनौती बढेको जनाइएको छ।


जबराले आफ्नो सम्पूर्ण विवरण राज्यका सुरक्षा निकायलाई जानकारी नै रहेको उल्लेख गर्दै आफू, आफ्नो निवास तथा परिवारको सुरक्षामा राज्यको सम्पूर्ण ध्यान पु¥याउन आग्रह गरेका छन्।


यसअघि प्रहरीले जबरालाई सुरक्षा चुनौती रहेको भन्दै महाराजगञ्जस्थित निवासबाट टेकुस्थित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा लगेको थियो। प्रहरीले उनलाई पक्राउ गरिएको नभई सुरक्षा संवेदनशीलताका कारण कार्यालयमा ल्याइएको जनाएको थियो।


जबरालाई पछि घरमै सुरक्षा उपलब्ध गराउने गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *