नुवाकोट — नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सूर्यगढी गाउँपालिका–४, हल्देकालिकाको नियमित वडा अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएको छ।
हल्देकालिकाको पिपलडाँडामा सम्पन्न अधिवेशनबाट युवा नेता बासुदेव लम्साल वडा सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। त्यस्तै उपसभापतिमा छविलाल गिरी र तपबहादुर तामाङ, सचिवमा गोकर्ण भट्टराई र पुजन गिरी तथा सहसचिवमा माधव राई र शशी गुरुङ सर्वसम्मत चयन हुनुभएको छ। निर्वाचन अधिकारी लोकबहादुर परिवारले निर्वाचित पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभएको थियो।
अधिवेशनमा नेपाली कांग्रेस बागमती प्रदेश सदस्य एवं पूर्व स्वास्थ्य राज्यमन्त्री कल्पना नेपाली, सूर्यगढी गाउँपालिका अध्यक्ष सन्तबहादुर घले, उपाध्यक्ष मञ्जु बुढाथोकी, नेपाली कांग्रेस क्षेत्रीय कार्यसमितिका कार्यवाहक सभापति रामजी पौडेल, सूर्यगढी गाउँपालिका उपसभापति कालु तामाङ, नेपाल तरुण दलका सभापति सरण घले, निवर्तमान वडा सभापति रामशरण राई, युवा नेता गोविन्द गिरीलगायत कांग्रेसका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनमा स्थानीय नेता, कार्यकर्ता तथा क्रियाशील सदस्यहरूको उल्लेख्य तथा अहिलेसम्मकै व्यापक सहभागिता रहेको आयोजकले जनाएको छ।
नवनिर्वाचित नेतृत्वले पार्टी संगठनलाई थप सुदृढ गर्दै आगामी स्थानीय निर्वाचनलाई केन्द्रमा राखेर वडा तहबाटै कांग्रेसलाई थप व्यवस्थित र जनमुखी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।

नुवाकोट पुकार
तपाईको प्रतिक्रिया दिनुहोस्