एमालेले वडा र पालिका अधिवेशनको मिति तोक्यो

Nuwakot Pukar नुवाकोट पुकार
|
२०८३ आश्विन २२, बिहीबार १७:३९


काठमाडौं, असोज २२ । नेकपा (एमाले)ले पार्टीका स्थानीय तहका कमिटीहरूको अधिवेशनको मिति तय गरेको छ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले वडा कमिटीको अधिवेशन मंसिर २६ गते र पालिका तहको अधिवेशन पुस ४ गते गर्ने निर्णय गरेको हो।
बैठकको सुरुवातमा केन्द्रीय कमिटीको तेस्रो बैठकबाट वरिष्ठ नेतामा मनोनीत विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ लिएकी थिइन्।

बैठकले मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गर्ने निर्णयसमेत गरेको छ। भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र विभिन्न तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन्।
पालिका र वडा अधिवेशन सम्पन्न भएपछि प्रदेशस्तरीय भेला आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ।


त्यस्तै, मधेश प्रदेशसभामा समानुपातिकतर्फ रौतहटबाट प्रतिनिधित्व गरेकी जैनब खातुनको निधनपछि रिक्त स्थानमा नाजमा खातुनलाई मनोनयन गरी निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय एमालेले गरेको छ। नाजमा समानुपातिक बन्दसूचीको क्रमसंख्या ४० मा रहेकी उम्मेदवार हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *