नुवाकोट । सत्तारुढ पाँच दलले स्थानीय तहको निर्वाचनमा गठबन्धनन गर्ने निर्णय गरेका छन् । नुवाकोटका दुई पालिकाले औपचारिक रुपमा गठबन्धनको निर्णय गरिसकेका छन् । जिल्लाको पुरानो नगरपालिका विदुरले औपचारिक रुपमा गठबन्धनको निर्णय गरेको छ । नगरपालिकाका चार राजनीतिक दललको संयुक्त बैठकले गठबन्धन गर्ने निर्णय गरेका छन् ।
बैठकपछि नेपाली कांग्रेस इकाई सभापति हरिलाल श्रेष्ठ नेकपा माओवादी केन्द्रबाट रामचन्द्र पौडेल,,नेकपा एकिकृत समाजवादीका केन्द्रीय परिषद् सदस्य सुर्य कँडेल र जनता समाजवादीबाट राम सुर्खेतीले हस्ताक्षर गर्नुभएको छ । स्रोतका अनुसार विदुरमा नेपाली कांग्रेसले मेयर र माओवादीले उपमेयर लिने गरि सहमति भएको छ । यस्तै अर्को नगरपालिका बेलकोटगढीले भने गठबन्धनबारे निर्णय गरिसकेको छेन । यस्तै किस्पाङ गाउँपालिकामा पनि सत्तारुढ चार दलले गठबन्धन गर्ने निर्णय गरेका छन् ।

शुक्रवार किस्पाङ गाउँपालिकामा बसेको चार दलीय गठबन्धनको बैठकले आगामी वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरेको नेपाली कांग्रेस किस्पाङ गाउँपालिकाका सभापति रण बहादुर लामाले नुवाकोट पुकारलाई जानकारी दिनुभयो । बैठकमा नेपाली कांग्रेसका सभापति रणबहादुर लामा, नेकपा माओवादी केन्द्र किस्पाङ गाउँपालिकाका अध्यक्ष सुमनसिंह लामा, एकिकृत समाजवादीका ईन्चार्ज पाल्देन लामा र जनता समाजवादी पार्टीका ईन्चार्ज धनवहादुर गुरुङ सहभागी भएका थिए ।
सत्ता गठबन्धनको जिल्ला स्तरीय समितिले गठबन्धनको खाका तयार गर्ने तयारी गरिरहेकाको कांग्रेस सभापति रमेश महतले जानकारी दिनुभयो । ३० गते जिल्लाका सत्ता गठबन्धनका पार्टीका प्रमुखहरुसँग छलफल गर्ने तयारी गरिएको सभापति महतले जानकारी दिनुभयो । उहाले नुवाकोटमा गठबन्धन हुनेका कुनै दुविधा नभएको भन्दै ३० गतेको छलफलपछि औपचारिक निर्णय गरिने जानकारी दिनुभयो । उहाले कुनै पालिकाले गठबन्धन आबश्यक नदेखको पक्षमा जिल्लामा त्यसलाई हस्तक्षेप नगर्ने बताउनु भयो ।