
गोरर्खा । नेपालको पहिलो केबलकार मनकामना केबलकार असार ३१ गतेबाट लागु हुने गरी ५० दिनको लागि बन्द भएको छ । नियमित मर्मत सम्भार गर्नु पर्ने भएकाले ५० दिनको लागि बन्द गर्नु परेको मनकामना केबलकारका प्रालिले जनाएको छ ।

मनकामना केबलकारको डिजिटल प्रणाली स्तरोन्नति र मेन केबल तार लट्ठा समेत फेर्ने कार्य हुने भएकाले असार ३१ गते देखि भदौ २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको कम्पनीले सार्वजनिक सूचना जारी गर्दै जानकारी गराएको छ । कम्पनीले मनकामना केबलकारले एक महिना अगाडी नै सूचना निकालेर यात्रुलाई अवगत गराएको हो ।
२०५५ साल देखि गोरखाको मनकामनामा मन्दिरमा १० मिनेटको बाटोबाट दर्शनर्थीलाई सहजता होस् भन्ने उद्देश्यले मनकामना केबुलकार सञ्चालनमा ल्याइएको हो । २६ वर्ष अघि जडित प्रविधिलाई प्रतिस्थापना गरेर अहिलेको विश्वमा प्रचलित आधुनिक प्रविधि जडान गरेर स्तरोन्नति गर्न लागिएको मनकामना केबलकार प्रालिले जनाएको छ ।
मनकामना केबुलकारबाट दर्शन गर्न आउने दर्शनर्थीलाई मध्यनजर गर्दै १ महिना अगाडि सूचना जारी गर्नु परेको मनकामना केबलकार प्रालिले जनाएको छ । साथै दर्शनर्थीलाई परेको असुविधा प्रति क्षमा याचना गर्दै यात्रुलाई छिटो भन्दा छिटो सेवा दिन कोसिस गर्ने समेत प्रालिले सोमबार सूचना निकालेर जानकारी गराएको छ ।