विदुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली वैशाख २ गते नुवाकोट आउने हुनु भएको छ एमाले जिल्ला कमिटिको आयोजनामा हुने चुनावी सभालाई सम्बोधन गर्न ओली २ गते १२.३० गते नुवाकोट आउन लाग्नु भएको एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष बद्री म्रनालीले जानकारी दिनुभयो ।

ओली सम्बोधन गर्ने आमसभामा सहभागि गराउनका लागि एमालेले गाउँ गाउँबाट समेत जनता ल्याउने निर्देशन जारी गरेको छ । एमाले स्रोतका अनुसार प्रत्येक पालिकाबाट ३ हजार जनता ल्याउने उर्दी समेत जारी गरिएको छ । सभालाई भव्य रुपमा सम्पन्न गर्नका लागि जिल्ला कमिटिले विभिन्न जिम्मेवारी समेत तोकेर अघि बढेको छ ।
सोही दिन अन्य पार्टीबाट १५० जना एमाले प्रवेश गराउने तयारी गरिएको समेत एमाले निकट स्रोतले जनाएको छ । नुवाकोट जिल्लामा सत्तारुढ पाँच राजनीतिक दलबीच गठबन्धन हुने निश्चित भएपछि एमालेले आफ्नो वचश्र्वलाई जोगाउन कम्मर कसेर लागेको छ ।