

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच सहमति खोजेरै गरिने बताउनु भएको छ । प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै देउवाले संविधान संशोधन गरी गणतन्त्र र समावेशितालाई सबल बनाउने विश्वास व्यक्त गर्नुभयो ।
संविधान प्रारम्भ भएको ८ वर्ष पूरा भएको छ । यसको सबल पक्ष र दुर्बल पक्ष एवं जटिलताको समीक्षा गरी संविधानमा आवश्यक परिमार्जन गर्नु लोकतन्त्रको स्वाभाविक अभ्यास हो, देउवाले भने,संविधान संशोधन गर्दा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशितालाई थप सुदृढ गरिनेछ ।
संविधान संशोधन गर्दा नेपालमा क्रियाशील सबै राजनीतिक दलहरूबीच संवाद, सहमतिबाट गर्नु उचित हुन्छ भन्ने विषयमा हामी स्पष्ट छौं । संविधान संशोधन गर्दा सबै राजनीतिक दलहरूबीच संवाद गर्नुपर्नेमा सत्ता पक्ष स्पष्ट रहेको देउवाको भनाइ थियो ।
उहाँले वर्तमान सत्ता गठबन्धनले देशमाभ्रष्टाचार, गरिबी, बेरोजगारी अन्त्य गर्दे जनतामा उत्साह ल्याउनेमा सरकार क्रियाशिल हुने विश्वास पनि व्यक्त गर्दै उहाँले भन्नुभयो, प्रधानमन्त्री जि अत्यन्तै मिहीनेती र उत्साहित हुनुहुन्छ, मन्त्री जीहरु पनि त्यतिकै राम्रा हुनुहुन्छ, मलाई विश्वास छ वर्तमान सरकारले जनताका आकाँक्षहरु पूरा गर्नेछ र देशमा सुशासन कायम हुनेछ ।