

पक्राउ परेकाहरुको तस्बिर, जिल्ला प्रहरी कार्यालय नुवाकोट
विदुर । जिल्ला प्रहरी कार्यालय नुवाकोटले लागू औधषसहित तीन जनालाई पक्राउ गरेको छ । बिदुर नगरपालिका वडा नं०२ विदुरमा डेरा गरी बस्ने २९ वर्षीय रमेश मिजारको कोठामा प्रतिबन्धित लागु औषध (Tramadol hydrochloride)सहित तीन जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी तिलक भारतीले जारी गर्नु भएको प्रेस नोटमा जनाइएको छ ।
विशेष सूचनाका आधारमा साउन ८ गते दिउँसो १ बजेको समयमा उक्त स्थानमा प्रहरी अधिकृत सहितको टोलीले खानतलासी गर्दा कोठामा भएको ओछ्यानमा सिरक र सिरानीले छोपी हरीयो रङको प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अबस्थामा Tramadol hydrochlorideक्याप्सुल १४ पत्तामा १३४ ट्याब्लेट र र NITRAVET-10 ६ ट्याब्लेट फेला परेको थियो । सोही आधारमा बिदुर नगरपालिका वडा नं १ ढुङ्गे बस्ने २६ वर्षीय अनिष महर्जन, वडा नं २ बस्ने २९ वर्षीय रमेश मिजार १९ वर्षीय सुरेश तामाङलाई पक्राउ गरिएको जनाइएको छ ।
प्रहरीले उनीहरुलाई शंकास्पद अबस्थामा देखी कानून बमोजिम खानतलासी पुर्जी दिई उनीहरुको शरिर तथा कोठाको खानतलसी गर्दा उक्त परिणामा लागु औषध फेला पारेको बताएको छ । उनीहरुलाई पक्राउ गरी नुवाकोट जिल्ला अदालतबाट लागू औषध मुद्दामा १० दिनको म्याद अनुमती लिई अनुसन्धान कार्य भई रहेको प्रहरीले जनाएको छ