
फाइल फोटो

काठमाण्डौ – पहिरोका कारण गल्छी–रसुवागढी सडक योजनाअन्तर्गत धादिङको गल्छी–नुवाकोटको देवीघाट खण्ड अवरुद्ध भएको छ ।
लगातारको वर्षाका कारण विभिन्न ठाउँमा पहिरोले आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।
दुई ठाउँमा पहिरो झरेको छ भने दुई ठाउँमा सडक भासिएको छ । बन्द सडक खुलाउने प्रयास भइरहेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिनुभयो ।