

तस्बिर ः थापाको फेसबुक प्रोफाइलबाट
विदुर । नुवाकोट जिल्लाका सक्रिय पत्रकार कृष्ण थापा विगत दुईसातादेखि सम्पर्कबिहिन भएका छन् ।
नुवाकोट जिल्ला सुर्यगढी गाउँपालिका वडा नं ५ फेदीबेसीका थापा गत असार ३० गतेदेखि सम्र्पकमा नआएको बताइएको छ । उनी असार ३० विदुरमा रहेको आफ्नो कोठाको सामान लिएर काठमाडौं जान्छु भनेर हिडेको तर उक्त दिनदेखि घर परिवारको सम्पर्कमा नआएको भन्दै जिल्ला प्रहरी कार्यालय काठमाडौंमा उनका भाई विष्णु बहादुर थापाले खोजीका लागि निवेदन दिएका छन् ।
थापाका भतिज विजय थापाले भने ३० गतेपछि पनि काका अनलाइनमा देखिएको तर आफूहरुसँग भने सम्र्पक नगरेको बताए । उनले भने,ठुलोबुबा अनलाइनमा देखिन्थ्यो म्यासेज फोन गर्दा उठेन तर पनि नबोलेको होला भनेर त्यसै बस्यौं , आजसम्म पनि सम्पर्कमा नआएपछि खोजीका लागि आग्रह गरेका हौं । थापा विगत दुई सतादेखि सम्पर्कमा नआएपछि उनका भाइले साउन १२ गते प्रहरीमा हराएको निवेदन दिएका थिए । भाईले निवेदन दिएपछि भने उनी अनलाइनमा पनि नदेखिएको भतिज विजयले बताए ।थापाको परिवारले कतै देखेका ९८६९०२७२०५ र ९८६००४७३९३ वा नजिकको प्रहरी कार्यालयमा खबर गरिदिनुहुन अनुरोध पनि गरेका छन् ।थापाको फोन नम्बर अफ गरिएको छ भने अन्य समाजिक सञ्जाल पनि सक्रिय देखिएको छैन ।
थापा कान्तिपुर दैनिकको जिल्ला सम्वाददाताका रुपमा नुवाकोटमा झण्डै पाँच वर्षदेखि कार्यरत थिए । विगत एक वर्षदेखि कान्तिपुर दैनिक छाडेका उनले आफ्नो अनलाइनमार्फत नुवाकोटमा बसेर नै पत्रकारिता गर्दै आएका छन् । उनी नुवाकोट भएपनि उनको श्रीमती र दुई छोरी र एक छोरा राजधानीमा बस्दै आएका छन् ।
थापाकी श्रीमती देवीका केसीले श्रीमान लामो समयदेखि नुवाकोटमा नै बस्ने गरेको र राजधानी आउँदा समेत आफूहरुसँग सम्पर्कमा नआउने गरेको जानकारी दिइएन । उनले श्रीमानले आफू र छोराछोरीलाई समेत वैशाखदेखिनै फेसबुक, भाइबर, इमो र ह्वाटस्यापमा समेत ब्लक गरेकाले कतैबाट पनि सम्पर्क गर्न नपाएको बताईन । उनले आफस्सँग नभएपनि उहाँको काममा कुनै बाधा पुग्ने र अनावश्यक हस्तक्षेप नभएको बताईन । जिल्ला प्रहरी कार्यालय नुवाकोटले भने थापाको विषयमा कुनै जानकारी नआएको जानकारी दिएको छ । यस्तै प्रेस युनियनले भने थापाको खोजीका लागि प्रहरीलाई आग्रह गर्ने भएको छ ।
प्रेस युनियन नुवाकोटका अध्यक्ष नमराज सुवेदीले आफूहरुले थापाको खोजीका लागि आज दुई बजे नुवाकोट प्रहरी प्रमुखलाई भेटेर खोजीका लागि आग्रह गर्ने र युनियनले पनि आन्तरिक रुपमा खोजी गर्ने नुवाकोट पुकारलाई बताए ।
