बेलकोटगढी नगरपालिका वडा नं ४ मा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षका उममेदवार बनेका भुविन्द्र बहादुर बानियाले आफ्ना प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् । विगत लामो समयदेखि सामाजिक काम गरेर जनताकाबचि निकै लोकप्रियता कमाएमा बानियाँ कांग्रेसबाट उममेदवार बने लगत्तै नागरिकहरुमा समेत उत्साह पलाएको छ ।

कुनै पदमा नरहेका बेला समेत सामाजिक कार्यमा संलग्न रहेको बानियाँको उम्मेदवारीले विकासको ढोका खुल्न सक्ने बेलकोटगढी ४का एक स्थानीयले नुवाकोट पुकारलाई बताए । उनले अध्यक्षमा निर्वाचित भए बेलकोटगढी ४ को मुहार फर्ने सम्मको दावी गरेका छन् । उनले कृषि, शिक्ष,सवास्थ्य, खानेपानी, पर्यटन, बाटोबाटो, मठ मन्दिरलाई आफ्नो प्राथमिकतामा राखेका छन् । बनियाले हालै सार्वजनिक गरेका प्रतिवद्धताहरु यस्ता छन् ।

(१) नेपाली कांग्रेसको नेतृत्वमा भएका हरेक परिवर्तवतनलाई संस्थागत गर्दै बेलकोटगढी ४ का आम नागरिकलाई वास्तविक रुपमा लोकतन्त्रको प्रत्याभुति दिलाउने ।
(२) पहिलो पटक भएको निर्वाचनबाट निर्वाचित नेतृत्वले जनताका लागि गर्न नसकेको रहेक कामहरु क्रमशः पुरा गर्दै वास्तविक रुपमा जनतालाई आफ्नै गाउँमा सिंहदरबार आएको प्रत्याभुति दिलाउने ।
(३) २०७४ देखि काम हुन नसकेका मुल बाटो, शाखा बाटोहरुलाई पाँच वर्ष भित्रमा हिउँद बर्खामा नै गाडी चल्न सक्ने ढंगले सडककको स्तरोन्त्तरी गराउने ।
(४) बिसौले खोला र पञ्चासे खोलामा पाँच वर्ष भित्र पक्की पुल निर्माण गर्ने ।
(५) बेलकोटगढी वडा नं ४ का बासिन्दलाई खानेपानीको समस्याबाट मुक्त गर्दै एक घर एक धारो निर्माण गर्ने
(६) स्वास्थ्य र शिक्षामा समय अनुसार आमुल परिवर्तन गर्ने
(७) कृषिलाई आधुनिकिकरण गर्दै उत्पादित कृषि तथा खाद्य बस्तुलाई बजारसम्म पुग्ने व्यवस्था गर्दै किसानलाई कृषिमा नै आत्मनिर्भर बन्न सक्ने बनाउने, र वडामा रहेका सहकारीलाई पनि व्यवस्थि गर्ने र बढि भन्दा बढि व्यवसायिक रुपमा नागरिकका पक्षमा लगाउने ।
(८) पर्यटकीय क्षेत्रको विकासका लागि चिम्टेश्वरलाई देशकै एक मुख्य पर्यटकीय केन्द्रको रुपमा रुपमा विकास गर्न वडाले सक्रियतापूर्वक पहल गर्ने ।
(९)विगतमा सामाजिक भावनाले गरेको सहयोग स्वरुप बनेका बाटो, घाटो, पार्टी, पौवा, मठ मिन्दर,मरणघाट,पतिक्षालय,लगायतका संघ संस्थाहरु मध्ये निर्माण हुन बाँकी र आवश्यक स्थानमा थप गर्दै पाँच वर्ष भित्र पुरा गराउने,
(१०) जनतालाई सुशासनको अनुभुति दिलाउँदै वडा कार्यलयबाट प्राप्त सेवालाई छिटो छरितो बनाउने
(११) जे बोल्ने त्यो पुरा गरेरै छाड्ने ।
(१२) वडामा विगतमा नगरपालिकाले प्रदान गर्दै आएको बजेटले मात्र वडाको विकास सम्भवन नहुने हुनाले माथिका यि प्रतिवद्धताहरु पुरा गर्नका लागि नगर, प्रदेश र केन्द्र सरकारसम्म समन्वय गरेर बजेटको वृद्धि गर्दै समृद्ध वडाको रुपमा विकास गर्ने ।
(१३) नेपाल सरकारबाट वडा अध्यक्षकालागि पप्त हुने सबे प्कार सुविता जसतै तलब,सवारी साधन समेत प्रयोग नगरी ति सबै सेवा सुविधाहरु स्थानीय विकासका लागि प्रयोग गर्ने
भुविन्द्र बानियाँ
अध्यक्षका उम्मेदवार