
पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख शान्तिराम कोइराला,तस्बिर, नुवाकोट पुकार

नुवाकोट । राजधानीसँग जोडिएको नुवाकोट जिल्लामा अपराधका घटना बढ्र्द गए पनि त्यसलाई समयमा नै निणन्त्रण गर्न प्रहरी सफल भएको तथ्याङ्कले देखाएको छ ।
प्रहरी प्रमुख शान्तिराज कोइरालाको अनुसार पछिल्लो तीन वर्षमा सबैभन्दा धेरै हालै सम्पन्न आर्थिक वर्ष २०८०–८१ मा दुईसय ९४ थान मुद्दा दर्ता भएका छन् ।
विगतको दुई वर्षमा अपराधसँग सम्बन्धित मुद्दा दुईसय ११ बाट बढेर दुईसय ५१ हुँदै हालै सम्पन्न आर्थिक वर्षमा यो सङ्ख्य दुईसय ९४ पुगेको हो । अपराधका घटना वृद्धि भएपनि प्रहरी मार्फत गर्नसक्ने निगरानी, नियन्त्रण लगायतका मुद्धाहरु भने क्रमशः घट्ने क्रममा रहेको उहाँले जानकारी दिनुभयो ।
हालै सम्पन्न आर्थिक वर्षमा अपराधसँग जोडिएका घटनाको दर बढेपनि तथ्याङ्क अनुसार मानवीय क्षति, मानव बेचबिखन, लागूऔषध जस्ता गम्भीर प्रकृतिका अपराधलाई नियन्त्रण गर्न प्रहरी सफल भएको छ । सबैभन्दा धेरै अभद्र व्यवहारमा एकसय ६७ मुद्दा दर्ता भएका छन् । अघिल्ला वर्षको भन्दा आत्महत्या र बैङ्किङ कसुरका मुद्दा निकै बढेको प्रहरी प्रमुख कोइरालाले जानकारी दिनुभयो ।
जिल्लामा शान्ति सुरक्षा, अमनचयन, नागरिकको जनधनको रक्षा सहित विपतका घटना हुन नदिन नुवाकोट प्रहरी केन्द्रित रहेको छ ।