

काठमाडौँ । आज प्रकाशित भएको कक्षा १२ को नतिजा अनुसार हेराल्ड कलेजमा सविन कटवाल नेपाल प्रथम भएका छन्। विद्यालयका निर्देशक अशोक पाण्डेले दिनुभएको जानकारी अनुसार कटवालले ३.९६ अंककासाथ नेपाल टप गर्न सफल भएका हुन् ।
ओखलढुंगाका कटवालले हेराल्ड कलेजमा साइन्स विषय लिएर अध्ययन गरेका थिए । विद्यालयले उनको फोटो समेत सार्वजनिक गर्दै नेपाल टप गरेको जनाएको छ । राजधानीको बसुन्धरामा रहेको उक्त कलेजमा कक्षा १२ मा १२ सय विद्यार्थीले परीक्षा दिएका थिए । कलेजबाट परीक्षा दिएका मध्ये झण्डै ९० प्रतिशत विद्यार्थी उत्तीर्ण भएको कलेजले जनाएको छ
गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा पाँच हजार ५४२ विद्यालयका नियमित तर्फ करिब चार लाख परीक्षार्थी सहभागी थिए ।सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२।९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् ।