
विदुर । वैशाख ३० गते हुन गैरहेको निर्वाचनमा आफुलाई र आफ्नो पार्टीलाई जिताउन उम्मेदवारहरु जनताको घर दैलोमा मत माग्न पुगेको छन् । यतिखेर उम्मेदवार घर घर पुगेर जनतालाई आफ्नो पार्टीलाई मत दिन आग्रह गर्दै आफुले जितेको खण्डमा विकासले फड्को मार्ने दावी समेत गरिरहेको छन् ।







१२ पालिका र ८८ वटा वडा रहेको नुवाकोट जिल्लामा कतिपय पालिका र वडामा समेत गठबन्धन भएको छ भने अन्य स्थानमा भने दलहरु एक्लाएक्लै चुनावी मैदानमा होमिएका छन् । जिल्लाको दुई नगरपालिकामा गठबन्धन गरेका नेपाली कांग्रेस, नेकपा माओवादी र एकिकृत समाजवादी गठबन्धन सँगै जनताको घर घरमा पुगेका छन् । कांग्रेसबाट मेयरका उम्मेदवार बनेका राजनलाल श्रेष्ठ र नेकपा माओवादी केन्द्रबाट उपमेयरकी उम्मेदवार बनेकी प्रभा बोगटी सँगसँगै जनताका् घर दैलौमा पुगेका छन् ।
उम्मेदवारहरु अत्यन्त मित्रवत रुपमा एक अर्कालाई मत मागिरहेका छन् । त्यसोत वडाहरुमा समेत गठबन्धन गरेको कांग्रेस माओवादी र समाजवादी दलका उम्मेदवारहरुले पनि एक अर्कालाई मत मागिरेका छन् । यस्तै नेकपा एमालेबाट निवर्तमान अध्यक्ष सञ्जु पण्डितसहितको टोली पनि जनताको घर घर पुगिसकेका छन् । आफ्नो पाँच वर्षे कार्यकालमा जनताको पक्षमा गर्न बाँकी काम पुरा गर्ने भन्दै पण्डित मत मागिरहेका छन् ।
यस्तै बेलकोटगढी नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारहरु मत माग्न व्यस्त छन् । मेयरका उम्मेदवार जगत लामा उपमेयरका उम्मेदवार शिव दाहाल यतिखेर जनताको घर देलोमा व्यस्त छन् । उनीहरुले नगरपालिकाको वडा वडा पुगेर आफ्ना घोषणपत्रबारे आम नागरिकलाई सुसुचित गराइरहेका छन् । बेलकोटगढीमा कांग्रेस, माओवादी केन्द्र र समाजवादीबीच तालमेल भएको छ । यस्तै एमालेबाट मेयरका उम्मेदवार राजेन्द्ररमण खनाल र उपमेयरका उम्मेदवार रुपा सापकोटा पनि आफ्नो दलबलसहित जनताको घरदैलोमा पुगेका छन् ।
आफुले पाँच वर्षको कार्यकालमा धेरै काम गरेको र अब बाँकी काम पुरा गरेर छाड्ने भन्दै जनतालाई विश्वास दिलाउने प्रयास गरिररहेका छन् । यस्तै गत निर्वाचनमा निर्वाचन भएका र हाल पनि उम्मेदवार भएका किस्पाड., मोघाड. र सुर्यगढीका अध्यक्षका उम्मेदवार क्रमश, छत्र लामा र आशा लामा र सन्तमान घले,पञ्चकन्याका रमेश लामा,तारकेशवरका रमेश वस्ती पनि आफ्नो प्रतिबद्धताको पोको बोकेर जनताको घर लैदोमा पुगेका छन् । यस्तै कांग्रेस छाडेर एमालेको अध्यक्षका उम्मेदवार बनेका पञ्चकन्याका यमबहादुर थापा र दुप्चेश्वरका योविन्द्र तामाड. पनि जनताको घर दैलोमा व्यस्त छन् भने दुप्चेश्वरमा कांग्रेसका उम्मेदवार पुर्णमान तामाड.लाई कांग्रेस नेता अर्जुननरसिंह केसी, डा केदारनरसिंह केसीको साथ समर्थन भएकाले उनी सक्रियताकासाथ लागि परेका छन् । तारकेशवरमा गठबन्धनबाट शिव अधिकारी र उमालेबाट निवर्तमान अधयक्ष रमेश वस्ती पनि मत माग्दै जनताको घर दैलोमा पुगेका छन् ।
शिवपुरीमा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गोविन्द थपलीया, तादीका कांग्रेस उम्मेदवार सन्तमान तामाड., ककनीका कांग्रेस उम्मेदवार नवराज घिमिरे, ककनी एमालेका उम्मेदवार काशीराज अधिकारी,तादीका एकिकृत समाजवादीका केपी लामिछाने, शिवपुरीका समाजवादीका पदम उप्रेती पनि जनताको घर दैलोमा पुगेका छन् । उनीहर दुवै विगतमा एमालेबाट उम्मेदवार बनेकाले जनताका बीचमा लोकप्रिय नै रहेका छन् । यसतै कांग्रेसबाट विभाजित नेपाली का.ग्रेस वीपीले पनि विदुर र बेलकोटगढीमा उम्मेदवार उठाएका छन् । जनमत कम भएपनि बेलकोटगढीमा उम्मेदवार मत माग्न जनताको जाने तयारीमा छन् । वीपी कांग्रेसको कार्यालय सचिव समेत रहेका उनी नुवाकोट मदानपुरका हुन ।
यस्तै ८८ वडामा रहेका झण्डै १५ सय उम्मेदवारहरु पनि झण्डासहित मत माग्दै जनताको घर दैलोमा पुगेका छन् । ३० गते हुने निर्वाचनमा आफ्नो पार्टीलाई जिताउन उनीहरु कम्मर कसेर लागिपरेका छन् । निर्वाचन आयोगले यस पटक टोपी, टिसर्ट,स्टीकरमा प्रतिबन्द लगाएका कारण उम्मेदवारहरुलाई निर्वाचन खर्च भने कम पर्ने देखिन्छ ।