
पुकार समाचारदाता
विदुर । नेपाली कांग्रेस नुवाकोटले आफ्नो पुरानो विरासतलाई फर्काउने भएको छ । १२ पालिका रहेको नुवाकोट जिल्लामा यो समाचार तयार पार्दासम्म ५ वटा पालिकामा जित हासिल गरेको छ । पछिल्लो मत परिणाम अनुसार तादी गाउँपालिकामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार सन्तमान तामाङले ३२४१ मत प्राप्त गर्दै विजयी हुनु भएको छ । यस्तै उहाका प्रतिद्धन्द्धी नेकपा माओवादी केन्द्रका किरण रिजालले २५१८ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै उपाध्यक्षमा माओवादी केन्द्रकी सञ्जु प्याकुरेल श्रेष्ठ विजयी भएकी छिन । उनले ३३९७ मत प्राप्त गरिन । उनको निकटतम प्रतिद्धन्द्धी कांग्रेसकी इश्वरी उप्रेतीले २७७८ मत प्राप्त गरेकी छिन । यस्तै सदस्यहरुमा वडा नम्वर १ मा कांग्रेसका नकुर दोङ तामाङ विजयी भएका छन् भने वडा न. २ मा माओवादी केन्द्रका बच्चुराम तामाङ,वडा नम्बर ३ मा नेपाली कांग्रेसका सोनाम थिङ तामाङ ,वडा नम्बर ४ मा माओवादी केन्द्रका अस्मिन कुमार पाण्डे वडा नम्वर ५ मा नेकपा एमालेका सरोज भण्डारी र वडा नं ६ मा माओवादी केन्द्रका शेरमान तामाङ विजयी हुनु भएको छ ।
तारकेशवर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार शिव अधिकारी अविरल विजयी हुनु भएको छ । पाँच दलयि गठबन्धनबाट उम्मेदवार बनेका अधिकारलिे आफ्ना प्रतिद्धन्दी रमेश वस्तीलाई पछि पार्दै विजयी बन्नु भएको हो । वस्ती यसअघि पनि गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । यस्तै उपाध्यक्षमा माओवादीबाट उम्मेदवार बनेका हरि रिमालले विजय हासिल गरेका छन् । यस्तै तादी गाउँ पालिकामा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका सन्तमान तामाङ तीन हजार २ सय ४१ मत ल्याएर निर्वाचित हुनुभएको छ । तामाङ निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका किरण कुमार रिजालले २ हजार ५ सय १८ मत पाउनु भएको छ । तेस्रो भएका नेकपा एसका कृष्णप्रसाद लामिछानेले एक हजार ९ सय ४० मत ल्याउनु भएको छ । उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका सन्जु प्याकुरेल विजयी हुनु भएको छ ।
उहाले तीन हजार तीन सय ९७ मत ल्याउनु भएको छ भने उहाको निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी ईश्वरी उप्रेतीले २७ सय ७८ मत प्राप्त गर्नुभयो । सुर्यगढी गाउँ पालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार सन्तमान घले पुन ः दोस्रो कार्यकालका लागि विजयी बन्नु भएको छ भने उपाध्यक्षमा पनि कांग्रेसबाट नै मञ्जु ढकाल विजयी बन्नु भएको छ ।
यस्तै लिखु गाउँ पालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार धुव्र श्रेष्ठ भारी मतकासाथ विजयी बन्नु भएको छ । उपाध्यक्षमा पनि कांग्रेसकै शुभद्रा अधिकारी विजयी बन्नु भएको छ । यस्तै किस्पाङमा एमाले माओवादीको गठबन्धन विजयी भएको छ । केन्द्रको निर्देशन विपरित भएको एमाले माओवादी गठबन्धनले नेपाली कांग्रेसका उम्मेदवार छत्र लामालाई हराउँदै अध्यक्षमा एमालेका वीरबल तामाङ र उपाध्यक्षमा माओवादीका अर्जुन न्यौपाने विजयी हुनु भएको छ । अध्यक्षमा वीरबल तामाङ ३६३८ मतसहित विजयी हुनु भएको हो भने उहाका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका छत्र लामाले ३४५२ मत प्राप्त गरेका गर्नुभयो । अध्यक्षमा १८६ मतको अन्तर रहेको छ ।
उपाध्यक्षमा अर्जुन न्यौपाने ३७१२ मतसहित विजयी हुनुभयो । उहाको प्रतिद्धन्द्धी नेपाली कांग्रेसकी दिलकुमारी मोक्तानले ३१७७ मत प्राप्त गर्नुभएको छ । उपाध्यक्षमा भने ५१५ मतको मात्रै अन्तर रहेको छ । यस्तै मयागड. गाउँपालिकामा पनि नेपाली कांग्रेसका उम्मेदवार आशा तामाड. अध्यक्षमा विजयी बननु भएको छ भने उपाध्यक्षमा पनि नेपाली कांग्रेसकै सीता तामाड. विजयी बन्नु भएको छ । उहाहर दुवै कांग्रेसको जिल्ला सदस्य हुनुहुन्छ ।





शिवपुरीका नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवार गोविन्द थपलयिा विजयी बन्नु भएको छ । उपाध्यक्षमा माओवादीले जितेको छ । दुप्चेश्वरमा भने माओवादीका शंकर थापा विजयी हुनु भएको छ । दुप्चेश्वरमा उपाध्यक्षमा पनि माओवादीले नै जितेको छ ।
यस्तै यो समाचार तयार पार्दासम्म विदुर नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवार राजन श्रेष्ठले मेयरमा एमालेका सञ्जु पण्डितलाई निकै फराकिलो मत अन्तरले पछाडि पार्नुभएको छ भने उपमेयरमा पनि गठबन्धनकी प्रभा बोगटी केही मतले अगाडि रहेकी छिन् । बेलकोटगढी नगरपालिकामा पनि सत्ता गठबन्धनका उम्मेदवार जगत लामा मेयरमा निकै पराकिलो अन्तरले अघि बढिरहेका छन् भन् उपमेयरमा पनि शिव दाहालले फराकिलो अन्तर बनाउँदै लगेका छन् ।