
Minister for Foreign Affairs Prakash Sharan Mahat speaks at a press conference during PM Pushpa Kamal Dahal's India visit, in New Delhi, on Saturday, September 17, 2016. Photo: RSS
विदुर । आगामी संघीय चुनावका लागि उम्मेदवारी घोषणा गर्ने क्रम सुरु भएको छ । दुई निर्वाचन क्षेत्र र ४ प्रदेश क्षेत्र भएको नुवाकोटमा नेपाली कांग्रेसबाट को उम्मेदवार बन्लान् भन्ने चासो नेतामा मात्र होइन आम नुवाकोटबासीमा परेको छ । नेपाली कांग्रेसको तर्फबाट झण्डै ४० वर्षदेखि राजनीति गरिरहेका अर्जुननरसिंह केसीको परिवार र २०४६ सालको जनआन्दोलनपछि राजनीतिमा उदाएका डा. रामशरण महतको परिवारबीच आफ्नो राजनीतिक बलियो बनाउने कुरामा चलिरहेको आन्तरिक राजनीति यस पटक पनि दोहोरिएला कि नदोहोरिएला भन्ने चासो आम नेता कार्यकर्तामा परेको छ ।
यसैबीचमा कांग्रेसबाट माहामन्त्रीमा पराजित हुनु भएका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महत नुवाकोट १ बाट निर्वाचन लड्ने आशय व्यक्त गरेपछि कांग्रेसका अर्का नेता तथा जिल्ला सभापतिमा पराजित हुनु भएका डा. केदारनरसिंह केसीले पनि आफ्नो परिवारको ६० वर्षै लामो राजनीति दौडानका क्रममा जन्मथलोबाट निर्वाचन लड्न नपाएको भन्दै यस पटक भने नुवाकोट १ बाट निर्वाचन लड्ने इच्छा व्यक्त गर्नुभएको छ । आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत नेता केसीले लेख्नु भएको छ,नुवाकोट जिल्लामा संघमा रहेको २ रहेको र प्रदेशमा ४ सिट रहेको अबस्थामा विभिन्न कोणबाट विभिन्न साथीरुले आफुलाई प्रस्तुत गर्नु स्वभाविककै हो,तर पनि यसलाई जिल्ला भरिको बरिष्ठ नेताहरु आम कार्यकर्तासँग छलफल भएको भए राम्रो हुन्थ्यो । अहिले अधिकांश मतदाता सजग र सचेत छन् त्यसको उदारण दिइरहन परेन ।
हामीले अथवा हाम्रो परिवारले झण्डै झण्डै ६० बर्ष को सेरोफेरोमा नुवाकोटका दाजुभाइ दिदिबहिनीसँग प्रत्यक्ष रुपमा सुख दुःखमा संलग्न हुदै आएका छौँ । बिगत ०४८साल पछिका कुनै पनि निर्वाचनमा हामी आफ्नै जन्मथलोबाट प्रतिनिधित्व गर्न पाएका छैनौ । म अर्जुन दाइ र रामशरण दाइ पछि जिल्ला अथवा राष्ट्रस्तरका आन्दोलनमा प्रत्यक्ष सहभागी छु । ०३६ को जनमत सग्रहमाहोस्, ०४६ को झण्डै असफल भएको आन्दोलनलाइ चिकित्सक र स्वास्थ कर्र्मीहरुले गरेका भूमिकाको अग्र मोर्चा रहेर होस , अथवा ०६२÷६३ को जन आन्दोलन लाई परिचालन गरेर होस् कि जिल्ला कुनै पनि प्राकृति प्रकोप लागायत सामाजिक काममा मेरो संलग्नता रहदै आएको छ ।
आगामी दिनमा विवेकपूर्ण असल आचरणका साथ पक्षपात बिहिन सहयोग गर्ने इच्छा भएको र अहिलेसम्म मैले आदरणीय नुवाकोटका दाजुभाइ दिदिबहिनीसँग कुनै सहयोग मागेको पनि छैन । म एकपटक भन्दा बडी चुनाब लड्ने पनि छैन । तसर्थ आगामी संघीय चुनाबमा नुवाकोटको १ नं क्षेत्र बाट मैले चुनाब लड्ने बिचार राखेको छु । हाम्रो परिवारिक राजनीतिमा म आफै मात्र निर्णय पनि गर्दिन,परिवारिक राय सल्लाहबाट नै सबैथोक हुन्छ ।
क बनेको छ ।


तर सधै केन्द्रबाट एकनासे निर्णय नहोस् भन्ने मात्र चाहाना हो । आगे हजुर हरुको मर्जी । केसीले उल्लेख गर्नुभएको भनाईलाई हेर्दा उहाहरु आफ्नो जन्मथलोसँग जोडिएको क्षेत्रबाट निर्वाचन लड्ने इच्छा राखेको देखिन्छ । पछिल्ला दिनमा केसी परिवारले गरेको सहयोग पनि नुवाकोट १ मा नै बढि देखिएकाले केसी परिवारको अबको लक्ष्य १ नै हो भन्ने बुझाईमा आम नुवाकोटबासी पुगेका छन् । तर केसीसँगै लगातार तीन वटा निर्वाचन लडिसकेका कांग्रेसका अर्का नेता डा. रामशरण महतका सहोदर भाइ डा. प्रकाशरण महतलाई पनि नुवाकोट १ बाट निर्वाचन लड्नका लागि दवाव बढिरहेको छ । दाजु महत उमेरका साथै स्वास्थ्य अवस्थाका कारण पनि निर्वाचन नलड्ने मनस्थितिमा रहेकाले उहाले भाईलाई सो क्षेत्र छाडेको चर्चा बजारमा चलिरहेको छ । आफ्नो जन्मथलो रहेको क्षेत्र भएकाले पनि डा महतहरु पनि उक्त क्षेत्र नछाड्ने पक्षमा देखिन्छ ।
डा. प्रकाशशरण महतले पार्टीका कार्यक्रममा आफु १ बाट निर्वाचन लड्ने कुरा औपचारिक रुपमा घोषणा नगरेपनि उहाको आशय १ मा लड्ने स्पष्ट भैसकेको छ । गत निर्वाचनमा काठमाडौं ५ बाट निर्वाचन लडेका महत यस पटक भने नुवाकोटमा आफ्नो परिवारको ३० वर्षे लामो बिरासत जोगाउन पनि नुवाकोट आउने कुरा स्वभाविक रहेको उहा निकट नेता कार्यकर्ता बताउँछन्
तर १ सिटका लागि महत वा केसीको उम्मेदवार बन्लान् भन्ने कुरा भने अहिले नै आँकलन गर्न सकिने अवस्था भने देखिदैन । केन्द्रको राजनीतिमा स्थापित नेताहरु भएकाले एकले अर्कोलाई कमजोर पार्ने रणनीतिमा लाग्नु भन्दा पनि सहमतिकासाथ कांग्रेसको राजनीतिलाईअघि बढाएको खण्डमा नुवाकोट कांग्रेसका लागि सुनमा सुगन्ध हुने नुवाकोटबासी कांग्रेसका तल्लो तहका नेता कार्यकर्ताहरुको भनाई रहँदै आएको छ ।