
काठमाडौं । राजधानीको तारेकेश्वर नगरपालिका वडा नं ४ सानोपुलमा रहेको सिर्जना ज्ञानसागर स्कुलले कक्षा १२ अध्ययनरत विद्यार्थीहरुको विदाई तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ सोमबार विद्यालयमा आयोजित कार्यक्रममा कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।
तारकेश्वर नगरपालिका शिक्षा शाखाका प्रमुख होमनाथ न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि न्यौपानेले तारकेश्वर नगरपालिकाभित्र रहेका ६८ वटा संस्थागत विद्यालय मध्ये सिर्जना ज्ञान सागरले गुणस्तरीय शिक्षा प्रदान गर्न सफल हुँदै आएको बताउनु भयो । उहाले यस वर्षको एसइई परीक्षामा समेत सिर्जना ज्ञानसागर स्कुलका विद्यार्थी नगर स्तरीय रुपमा पहिलो भएकोमा विद्यालय परिवारलाई बधाई समेत दिनुभयो । उहाले विद्यार्थीहरुलाई आगामी दिनको सफलताको शुभकामना दिँदै आफुले अध्ययन गरेको विद्यालयलाई माया गर्नुपर्ने सुझाव समेत दिनुभयो ।


कार्यक्रममा विद्यालयका प्राचार्य राजेन्द्र प्रसाद फुयाँलले आफु विगत १८ वर्षदेखि विद्यालयको प्राचार्य भएको स्मरण गराउदै यस वर्ष कक्षा १२ बाट विदा भएका विद्यार्थीहरु अनुशासित र लगनशिल भएको बताउनुभयो । उहाले विद्यालयले प्रदान गरेको ज्ञान र क्षमतालाई आगामी दिनमा पनि अघि बढाउन सुझाव दिँदै विद्यार्थीलाई विदाई गर्दा आफू भावुक भएको समेत बताउनुभयो । उहाले विद्यार्थीहरुलाई सुझाव दिँदै आफुलाई सफल बनाउनका लागि सहि उदेश्य लिएर अघि बढ्नुपर्ने र जुन विषय लिएर पढेपनि त्यसमा दक्षता हासिल गरे मात्रै जीवनमा सफल हुन सकिने बताउनुभयो ।

प्राचार्य फुयाँलले आध्यामिक बाटोमा अघि बढ्न सुझाव दिँदै त्यसले जीवनलाई सहज ढंगले जिउन सिकाउने समेत बताउनुभयो । कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालयका सहप्राचार्य शिवमणी घिमिरेले विद्यार्थीहरुको भावी दिनको सफलताको कामना गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थी दिवश अधिकारीले आफ्नो विद्यालय पढ्दाको अनुभव समेत सुनाएका थिए । सो अवसरमा कक्षा १२ र कक्षा १० का विद्यार्थीहरुले विभिन्न खाले नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयले २०२० मा अन्तराट्यि अवार्ड समेत पाएको छ । प्ले गु्पदेखि कक्षा १२ सम्म झण्डै एक हजार विद्यार्थी अध्ययन गर्दै आएको उक्त विद्यालय तारकेश्वर नगरपालिकभित्रको एक अब्बल विद्यालयको रुपमा परिचित रहेको छ । आफ्नै भवनमा अध्ययपन गराउँदै आएको उक्त विद्यालय सो क्षेत्रका बासिन्दाहरुको रोजाईको विद्यालय समेत बनेको छ ।विद्यालयले कक्षा ११ मा सहुलियत दरमा भर्ना अभियान सुरु गरेको समेत जनाएको छ ।