
नेकपा एमाले नुवाकोटका पुर्व जिल्ला सदस्य निरोज तामाङ नेपाली कांग्रेस प्रवेश गरेका छन् । तामाङलाई नेपाली कांग्रेसका प्रवक्ता डा ं प्रकाशशरण महतले नेपाली कांग्रेसको साधारण सदस्यता प्रदान गर्नुभएको थियो ।
उनी दुप्चेश्वर गाउापालिका वडा नं ३ मा २०७४ मा भएको निर्वाचनमा एमाले वडा अध्यक्षका उम्मेदवार बनेका थिए । एमाले पार्टी स्खलित हुदैँ गएकाले आफू नेपाली कांग्रेसमा प्रवेश गरेको बताए । सो अवसरमा प्रवक्ता डा. महतले तामाङलाई पार्टीमा उचित स्थान दिने बताउनुभएको थियो