
स्वर्गीय लालबहादुर तामाड.लाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली प्रकट गर्दै कांग्रेस नेता जगदीश्वरनरसिंह केसी,तस्बिर नुवाकोट पुकार
विदुर । नेपाली कांग्रेस तादीका नेता तथा पर्यटन व्यवसायी लाल बहादुर तामाङको आरोहणको क्रममा निधन भएको छ । मार्दी हिमाल आरोहणको क्रममा तामाङको कात्तिक २५ गते निधन भएको थियो । राजधानी ल्याएर पोष्टमार्ट गर्दा केही दिन लागेको थियो । उनी हिमाल आरोहणका क्रमम हिउँबाट चिप्लिएर लडेको बताइएको छ । तत्कालिन उर्लेनी गाविस काल्चे निवासी तामाङ लामो समयदेखि पर्यटन क्षेत्रमा आवद्ध रहँदै आएको कांग्रेस महाधिवेशन प्रतिनिधि निरञ्जन थापाले जानकारी दिए ।
उनी पदयात्रा सम्बन्धि काममा बढी क्रियाशिल रहँदै आएका थिए । । पछिल्लो समय पशुपालनमा पनि सक्रिय सहँदै आएको तादी गाउँपालिका अध्यक्ष सन्तमान तामाङले बताए । पार्टीको १२ औं महाधिवेशनदेखि नै क्षेत्रीय प्रतिनिधि रहँदै आएका उनी हाल कांग्रेस गाउँ कार्यसमिति सदस्य समेत थिए ।
उनलाई राजधानी ल्याएसँगै नेपाली कांग्रेसले पार्टीको झण्डा ओढार अन्तिम बिदाई गरेको छ । कांग्रेस पूर्व जिल्ला सभापति तथा संविधानसभा सदस्य जगदीश्वरनरसिंह केसीले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनुभएको थियो ।
यस्तै नेपाली कांग्रेसले भोलि उनको अन्त्येष्टी गरिने जनाएको छ । कांग्रेसले उनको जन्मथलो तादीमा पार्टीको झण्डा ओढाउने कार्यक्रम राखेको कांग्रेस तादीले जनाएको छ ।