
राजधानीको सभालाई सम्बोधन गर्दै कांग्रेस नेता अर्जुननरसिंह केसी
नुवाकोट । जिल्लाको क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार अर्जुननरसिंह केसीले दोब्बर मत बढीले अग्रता कायम राखेका छन् । उम्मेदवार केसीले २ हजार ७६ मत हासिल गर्दै दोब्बर मत बढीले अग्रता कायमै राखेका हुन । नेता केसीको प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले ९ सय ५५ मत हासिल गरेका छन् .
त्यस्तै घण्टीका सुमनबिक्रम पाण्डेले ७ सय ७ मत पाएका छन् ।प्रतिनिधि सभा २ प्रदेश सभा १ (गणना) रामप्रसाद ढुंगाना (माओवादी केन्द्र) २२५६, केशवप्रसाद पाण्डे (नेकपा एमाले) १०४३,गिता अमात्य (रुख) ४२९ मत पाएका छन् उता नुवाकोट प्रतिनिधि सभा क्षेत्र नं. १ गणना भएको कुल ६४४३ मत अन्तर्गत एमाले नेता बद्री मैनालीले २६६०, गठबन्धनका हितबहादुर तामाङले २३२१ र प्रधुम्न महतले ७३२ मत हासिल गरेका छन् । त्यस्तै प्रदेश सभाका पूर्णलाल श्रेष्ठले ९७९ र रमेशकुमार महतले ८०४ मत पाएका छन् ।