
विदुर । पाँच दलीय गठबन्धनका तर्फबाट नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेशसभा (१) मा उम्मेदवार बन्नुभएका नेकपा माओवादी केन्द्रका उम्मेदवार राप्रसाद ढुंगाना र क्षेत्र नं १ को ख प्रदेशका उम्मेदवार नेपाली कांग्रेस नुवाकोटका सभापति रमेश महत विजयी बन्नुभएको छ ।
बिहीबार आज सम्पन्न मतगणनाको अन्तिम नतिजाअनुसार माओवादी केन्द्रका उम्मेदवार ढुङ्गानाले १२ हजार एक सय १० मत ल्याएर विजयी भएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिनुभयो । यस्तै ढुङ्गानाका निकटतम् प्रतिस्पर्धी नेकपा ९एमालेका उम्मेदवार केशवराज पाण्डेले ११ हजार छ सय ६२ मत प्राप्त गर्नुभयो ।
उहाँहरूबीचको मतान्तर चार सय ४८ रहेको छ । उक्त निर्वाचन क्षेत्रमा सत्तारुढ गठबन्धनका आधिकारिक उम्मेदवारलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी निस्क्रिय बनाएका नेपाली कांग्रेसका उम्मेदवार गीता अमात्यलाई चार हजार ६२ मत र नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रकाश लोहनीलाई दुई सय ८५ मत प्राप्त भएको थियो ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपेश लामाको दुई हजार आठ सय ८४ मत, स्वतन्त्र उम्मेदवार देवेन्द्र न्यौपानेको पाँच सय १७ र शम्भुप्रसाद पनेरुको एक सय १२ मत प्राप्त गर्नुभएको छ । यस निर्वाचन क्षेत्रमा बेलकोटगढी नगरपालिकासहित विदुरको वडा नं १, २, ३, ४, ५, ६, १० र ११ पर्दछन् ।
यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा ३३ हजार सात सय ७५ मत खसेको थियो । क्षेत्रमा भने नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी जितको नजिक पुगिसकेका छन् ।
केसीको मत अन्य प्रसतस्पर्धीभन्दा ६ हजार बढि भैसकेको छ । अहिले प्रदेश ख को मतगणना भैरहेको छ । यस्तै क्षेत्र नं १ को ख प्रदेशबाट बिजयी हुनु भएका महतले १३ हजार ७ सय २७ मत ल्याउनु भएको छ भने उहाका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्णलाल श्रेष्ठले ११ हजार ८ सय ३१ मत ल्याउनु भएको छ ।
उक्त प्रदेशमा ककनी, लिखु,सुर्यगढी र पञ्चकन्या गाउँपालिकाको १,२ र ५ वडा पर्दछन् । महतलाई ककनी र लिखुबाट कम मत आएपनि सुर्यगढी र पञ्चकन्याको मतले जितको अवस्थामा पुर्याएको हो । यस्तै क्षेत्रमा नेकपा एमालेका बद्री मैनाली र हितबहादुर तामाड.बीच कडा प्रतिस्पर्धा भैरहेको छ । प्रदेश ख को गडाना गर्दा तामाड. ४ सय मतले अग्रता लिएका छन्