
विदुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुर लामाले सुरुवाती गणनामा नै फराकिलो अग्रता लिएका छन् । क्षेत्र नं २ को प्रदेश ख अन्र्तरगत किस्पाड. गाउँपालिकाको वडा नं १ देखि ३ सम्म केही बुथको गणना गर्दा १८८२ मत प्राप्त गरेका छन् । यस्तै एमालेबाट उम्मेदवार बनेका विजय लोप्चनको ९०९ मात्रै रहेको छ ।
राप्रकाका उम्मेदवार रणप्रसाद न्यौपानेको ३४७ रहेको छ । यस्तै अन्य स्वतन्त्र उम्मेदवारहरुले पनि अत्यन्त कम मत ल्याएका छन् । उक्त ३ वडाबाट प्रतिनिधिसभा उम्मेदवार अर्जुननरसिंह केसीले १७९२, एमालेका नारायण खतिवडाले ८०८ र राष्ट्यि स्वतन्त्र पार्टीका सुमन पाण्डेले ३८१ मत ल्याएका छन् ।
अहिले किस्पाङ गाउँपालिका वडा नं ३ स्वास्थ चौकी मतदान केन्द्रको ग र वडा नं ४ वडा कार्यालय भवन क, ख र वडा नं ५ कार्कीमनकामना क को मत गणनाको सुरुवात भएको बताइएको छ ।