
कान्तिपुर राज्यमा जयप्रकाश मल्ल राजा थिए भने सेना नायक थिए काशीराम थापा । कान्तिपुर राज्यको आन्तरिक उतार चढाव र कतिपय घटनालाई साथ नदिएको हँुदा काशीरामलाई सेना नायकबाट पदच्यूत गरियो ।जयन्त रानालाई नुवाकोटको सेना नायक बनाइयो । नुवाकोट कान्तिपुरको अधिनमा थियो । । नुवाकोटको रक्षाका निम्ति उनी अघि बढे ।नरभूपाल शाहको मृत्यूपछि पृथ्वीनारायण शाहले गोरखा राज्यको बागडोर समाले । पिता नरभूपालको एकीकरण अभियानलाई साकार पार्न वि.सं. १८०० मा नुवाकोट आव्रmमण गरेका थिए । मगरहरूको विश्वास नगरेर महेश्वर पन्त, वली पन्तको नेतृत्वमा नुवाकोट हान्न पठाए । तीन शहर नेपालका शासकहरूको फौजले पृथ्वीनारायण शाहको फौजलाई नुवाकोट हान्न नदिंदा फेरि लुत्रुक्क फर्किनु प¥यो ।
लडाई हारिनु र सिद्व अवस्तीले भनेको कुरा सम्झेपछि भारदार सहित पृथ्वीनारायण शाह काशी गए – युद्वका लागि आवश्यक हातहतियार सङ्कलन गर्न । हातहतियार, गोलाबारुद ल्याउनुका साथै आफ्ना सेनालाई तालिम दिनका लागि विशेषज्ञहरु पनि ल्याए । मुसलमान समुदायका तीन जना विशेषज्ञ क्रमशः शेख जरवार,महमद् ताकी र भेषासिंह थिए । हतियार निर्माणको लागि कार्यशाला खोल्नुका साथै सेनाका जवानहरुलाई शैन्य तालिम दिइयो । ती सेनाहरुलाई पैसाको सट्टामा तलबस्वरुप जग्गा उपलब्घ गराए ।
काशी यात्राको क्रममा पिता नरभूपाल शाहले पुण्य प्राप्त गरून् भनी आफ्नो भारद्वाज गोत्रबाट काश्यप गोत्र परिवर्तन गर्नुका साथै उनले जाजरकोटका राजा हरि शाहलाई भेटेर धर्मपत्र गरे । पृथ्वनिारायण शाहले भारदारी सभा तथा कर्मचारी नियुक्ति गर्दा सबै जातका मान्छेहरु राख्थे । वीसे नगर्ची सल्लाहकार अर्थात् पृथ्वीनारायण शाहका एक विश्वासिलो पात्र थिए ।सेना र आर्थिक हैसियत सुधार गर्न पृथ्वीनारायण शाहलाई आफ्ना राज्यका १२ हजार घरधुरीबाट चन्दा सङ्कलन गर्न सल्लाह दिने व्यक्ति यिनै वीसे नगर्ची हुन् ।नुवाकोट जित्नलाई अनेक दाउ पृथ्वीनारायण शाहले खेल्न थाले । नदीको किनारामा बसेर जप गर्ने निहुले धेरै कुरा बुझ्न सफल भए ।
महामण्डललाई नुवाकोटको शिर भनिदो रहेछ । त्यस डाँडोलाई हात पार्न सके आफ्नो विजय हुने देखेर पृथ्वीनारायण शाहले महामण्डलमा कीलो गाड्ने साइत देखाए । साइत निस्कियो , कालु जैसी अधिकारी अनेक जाल खेल्दै भेष बदलेर महामण्डल पुगी किला गाडेर आए । दुबै पटक तलबाट माथि उक्लदै गएका फौज तेस्रो पल्टको लडाइमा कसैले नदेख्ने गरेर तीन दिशाबाट छुट्टा छुट्टै सेनापतिहरुको नेतृत्वमा गेर्खुबाट दलमर्दन शाहसहित कालु पाँडे , तीनधारेबाट पृथ्वीनारायण शाह र धर्मपानीबाट महोद्दमकृर्ति शाहको समुहले हमला गरे । बिना लडाई महामण्डलको डाँडोमा पुग्न सफल भयो । महामण्डल पुगेपछि साइतमै लडाइँ सुरू भयो । वि.सं. १८०१ मा गोरखालीले नुवाकोट आक्रमण गरेको दोस्रो पटक थियो । युद्वमा एक हजार भन्दा बढी गोरखाली फौजको तयनाथ थियो । फौजको मुख्य नेतृत्व पृथ्वीनारायण शाहले नै गरेका थिए ।
महामण्डल डाँडा अर्थात् माथिबाट शत्रुलाई पराजित गर्न जति सजिलो थियो त्यति सजिलो समान ठाउँमा बसेन लड्न नसकिनाले महामण्डलको लडाइमा जयन्त रानाको मातहतको फौजको नराम्रो हार भयो । नुवाकोटको आडका रूपमा रहेको महामण्डल आफ्नो हातमा परेपछि नुवाकोट सजिलैसँग बिना युद्व नै पृथ्वीनारायण शाहको हातमा आइपुग्यो । पृथ्वीनारायण शाहले एकीकरण अभियानलाई सार्थक दिन छरिएर रहेका स–साना राज्यलाई नेपाल राष्ट्रमा गाभ्ने क्रममा भनेका छन् – “यो मेरो क्षुद्र प्रयासले प्राप्त भएको राष्ट्र होइन , यो चार जात र ३६ वटा सम्प्रदायको बगंैचा हो” ।
शक्ति पीठको रूपमा रहेको महामण्डललाई सुरूमा नुवाकोट डाँडो भनिए तापनि कालिका मालिकाका साथै अन्य शक्तिका आधार थलो हुनुको साथै अग्लो डाँडाका रूपमा परिचित हुन पुगेकाले महामण्डल भन्ने बित्तिक्कै नुवाकोटको साथै अन्य टाकुराको प्रतिनिधित्व गर्ने शक्ति भनेर पुज्नु पर्ने हुन्छ । पृथ्वीनारायण शाहले महामण्डल नजितेका नभए एकीकरणको अभियानले निरन्तरता पाउदैनथ्यो ।
महामण्डल कब्जा गरेपछि गोरखाली फौज अघि बढ्न थाल्यो । पृथ्वीनारायण शाहले पहिलोपल्ट हार खाए तापनि दोस्रो पल्ट नुवाकोट कब्जा गर्ने दाउ खेले । गोरखाली राजासँग रिसाएर जयप्रकाश मल्लको आश्रयमा पुगेका जयन्त रानालाई हात लिन सकेमा सजिलैसित नुवाकोट लिन सकिन्छ भन्ने धारणा पृथ्वीनारायण शाहले लिएका थिए । जयन्त रानाले जयप्रकाशको नुन खाएको छ , उसैको सोझो चिताउछु भनेर खरो जवाफ पठाए ।
राजनीति खेल्नेहरूले इमान र अडानलाई भन्दा आफ्नो प्राप्तिका लागि जेपनि गर्न पछाडि पर्दैनन् । जयन्त राना र पृथ्वीनारायण शाहबीच भएका घटनाले शक्ति हात लगाउने र शक्ति जोगाउने कुराको अह्म हो भन्न सकिन्छ । एउटा सानो भूलले अर्थात् व्यक्ति व्यक्ति बीचका तानातानीले स्वार्थमा धक्का लाग्दा व्यक्ति बिशेषकै आधारमा सबै कुरा टुँगिन पुग्छ ।
जयन्त राना बेलकोटमा अखडा जमाएर बसेका थिए । बेलकोट पनि बलियो किल्लाको रूपमा थियो । बेलकोटमा हमला भएपछि जयन्त राना जिउदै पव्रिmए । धोका दिएर शत्रु पक्षसँग मिलेर लडाई गर्नेलाई सचेत तुल्याउनको निम्ति जयन्त रानाको छाला टाँगिने पुगियो । बेलकोट आक्रमणमा काजी कालु पाँडेले बहादुरी देखाएका थिए । युद्वको मैदानमा उनले खुडाको चमक खुबै चम्काए । युद्वमा जयन्त रानााको छोरा शङ्कमणी रानालाई १२ वर्षका पृथ्वीनारायणका भाइ दलमर्दन शाहले थाप्लोमा तरबार हानी मारेका थिए ।बदलाको भावनाले गर्दा र सानो तिनो खिचोलाले उग्ररूप लिन थालेको थियो त्यसबेला ।
नुवाकोट फिर्ता लिनको लागि जयप्रकाश मल्लले काशीराम थापालाई सेनापति बनाएर नुवाकोट पठाए तापनि सफलता प्राप्त गर्न सकेन । काशीराम थापा भागेर आफ्नो घरमा गए । पछि जयप्रकाश मल्लले काशीराम थापालाई मारिदिए । भक्तपुरका राजा रणजित मल्लका सेनापति भएका परशुराम थापा काशीराम थापाका भाइ थिए । यस घटनाले गर्दा जयप्रकाश मल्ललाई पतन गराउनको लागि परशुराम थापाले भक्तपुर र गोरखा मिलि कान्तिपुर भित्र पर्ने साँखु चाँगु जित्ने योजना समेत बन्न पुग्यो ।
नुवाकोट एउटा महत्वपुर्ण रूपमा रहेको राज्य थियो । नुवाकोट गुम्ने बित्तिकै कान्तिपुर राज्यमा नराम्रो प्रभाव पर्न गयो भने नुवाकोट कब्जाले पृथ्वीनारायण शाहको निम्ति विजय अभियानको ढोका खुल्यो ।
सजिलैसित सफलता पाएपछि बढाईका साथ नुवाकोट दरबारमा पृथ्वीनारायण शाह पसे । भैरवीको दर्शन गरेपछि नुवाकोट शासन पृथ्वीनारायण शाहले लिए ।नुवाकोट आफ्नो हात पारेपछि पृथ्वीनारायण शाहले नुवाकोटलाई नै आफ्नो राजधानी बनाए । उनले ललितपुरका कालिगढ झिकाई वि.सं. १८१६ मा नौ तले नुवाकोट दरबार र वि.सं. १८२२ मा माडी (शेरा ) दरबार बनाउन लगाए ।
पृथ्वीनारायण शाहले अन्तिम पटक नुवाकोटमा रहँदाको समयमा गरेको भाषण महत्वपूर्ण मानिएको छ । उक्त भाषणमा उनले आँट नीति र इतिहासलाई आवश्यक पर्ने कुरा तथा उसताकका भावहरू प्रसस्त मात्रामा उद्गार गरेका थिए ।
अन्तत वि.सं. १८३१ माघ १ गतेका दिन नुवाकोटको देवीघाट स्थित त्रिशूली नदीमा पृथ्वीनारायण शाह ५२ वर्षको उमेरमा देहावसन भयो । पृथ्वीनारायणका साथ उनका दुई रानी (श्रीमति) र पाँच जना सुसारे सती गएका थिए ।
नुवाकोट एकीकरण अभियानको केन्द्र वि.सं. १८०१ देखि १८२५ सम्म बन्यो ।लेखक ः नेपाली कांग्रेस नुवाकोटका सचिव हुनुहुन्छ
।