
राज्यका कारण मानिसहरु विभेदमा परेका छन, त्यसैले एउटै विश्व र एउटै राज्य हुनुपर्छ । सहि दिशा भन्ने पुस्तकका लेखक श्री भुवन गिरी भन्नु हुन्छ ः विश्वमा आज सम्म त्यस्तो कुनै मान्छे जन्मिएको छैन जसले विश्व एकिकरण गर्न सकोस । चंगेज खान, अेक्जेण्डर द गे्रट, हिटलर आदीले विश्व एकिकरण गर्ने अभियान त थाले तर सकेनन् । विश्व एकिकरण गर्न माहासाम्राटहरुका पनि माहासाम्राट चाहिन्छ । तर त्यस्तो शक्तिशालि मान्छे अहिले सम्म संसारमा जन्म लिएको छैन । कि त अज्ञानतामा विश्व एकिकरण हुन्छ कि त चरम दिव्य ज्ञानमा विश्व एकिकरण हुन्छ । जस्तो जनावर र पक्षिहरुको, बनस्पतिहरुको विश्व एकिकरण छ । युरोप एकिकरण जस्तै विश्व एकिकरण हुनुपर्छ , सुडान जस्तो राज्य टुक्राउन थाले पछि कसरी होस विश्व एकिकरण । सबै मानिसहरुको समान आर्थिक सामाजिक शैक्षिक वा प्राज्ञिक हैसियत भएका दिनमा मात्र विश्व एकिकरण सम्भव छ । आजको विश्वमा विकसित देशको चरीत्र भनेकै खुल्ला र उदार समाज हो ।
हामी अनुदार र सकुचित समाजमा बाँचेका छौ । हामीले जानेको महत्वपुर्ण कुराहरु भनेकै अरु माथि अविश्वास र शंकै शंका गर्नु मात्र हो । आजको विश्व परीवार डिजिटल परीवार हो । यसले सबै खाले जनमत तयार गर्नमा ठुलो सहयोग गर्छ । सबै मानिसहरु शारिरीक मानसिक र सामाजिक रुपमा सम्पन्न हुने हो भने राज्य सरकार न्यायलय समाज केहि चाहिन्दैनन् । मानसी वाचसी र कर्मसी नकरात्मकताहरु अपरीपक्क मानसिक विकासका उपजहरु हुन । मानसी भनेको मनबाट चिताउने, बाचसी भनेको बोल्ने र कर्मसी भनेको कर्मद्धारा गरीने व्यवहारलाइ जनाउदछ ।
प्राग इतिहासबाट आज सम्म आउदा समाज फुटेर परीवार बन्यो र परीवार फुटेर व्याक्ति बनेको हो । यसलाइ बादर आए पछि कुकुर कराउदछन र कुकुर कराए पछि बादर आउछन भन्ने तर्कमा नढालौ । बैज्ञानिक समाजवादी नेता आहुती भन्दछन ः समाजमा विहे भन्ने संस्था सदाका लागि बन्द गर्नु पर्छ किनभने विवाह भन्ने परम्परा वा प्रणालीले महिलाहरुलाइ सधै परचक्रि र अरुकी दाशि मात्र बनाउदछ । विवाह भनेको पुरुषका लागि महिलाले सन्तान उत्पादन गरीदिने प्रणालीे हो । अथवा आमाका सन्तानहरु आमाका नै जिम्मा जवानीमा हुनुपर्छ ।
पुरुषहरुको थर र गोत्र मात्र संन्तानलाइ दिनु हुदैन । गेगर मेण्डलले भनेका छन ः जेनिटिक क्रस गराए पछि मात्र ति जिवहरु व वनस्पतिहरु बलिया हुनेछन । एउटै जिनबाट बारम्बार उत्पादन भएमा ति जिव वा वनस्पतिहरु क्रमस कम्जोर बन्दै जानेछन । हिन्दु धर्ममा विवाह गर्दा आमा र बुबा तिरका ७ पुस्ता भन्दा पर गएर मात्र विवाह गर्ने चलन छ । तर बंगला देश र पश्चिम बंगालमा पाइने मण्डी जातिमा आफ्नै बाबु र छोरीको विवाह गर्नु अनिवार्य हुन्छ । मुसलमान समाज भने आफन्त वा सहोदर दाजु भाइका छोराछोरी विच नै विवाह गरीन्छ । एउटै आमाका छोरा छोरी विचमा पनि यदि एउटा सन्तानले आमाको दुध खाएको छैन भने दाजु बहिनी विच पनि विवाह हुने रहेछ । नेपालका कतिपय समुदायमा फुपु मामा चेलाचेली विच विवाह हुने संस्कार छ । क्षेत्रि वाहुनमा फरक गोत्रमा विवाह हुन्छ भने नेवार समुदायमा गोत्र भित्र नै विवाह हुन्छ ।
प्रोफेसर डा. जगमान गुरुङ्ग भन्दछन ः विगतमा आफ्नै दाजु र वहिनी, दिदी र भाइका विचमा विवाह हुन्थ्यो । यसैको विकसित रुप होली र तिहारलाइ मान्न सकिन्छ । एउटा व्याक्तिका जैविक आवश्यकता परा हुनुपर्छ । जैविक आवश्यकता भनेका जिवहरुका भोक प्यास निन्द्रा र सेक्स हुन । परीवारमा श्रीमान र श्रीमति विचमा लामो सम्बन्ध टिकी रहनु भनेको यौन सम्बन्धको कारणले मात्र हो । अमेरिकामा ५५ प्रतिशत नागरिहरुको ५ पटक वा ५ जना सम्म डिभोर्स भएको रिपोट रहेछ । नेपालको सबै भन्दा डिभोर्स भएको जिल्ला .. हो । डिभोर्सको दर उच्च हुनु भनेको महिला स्वातन्त्रताको उच्च सदुपयोग गरेको भन्ने बुझिन्छ । महाभारतमा पाण्डुकी श्रीमति कुन्तिले सुर्यवाट कर्ण, यमराजबाट युधिष्ठिर, पवनबाट भिमसेन र इन्द्रबाट अर्जन जन्माएकी थिइन । यस्तै माद्रिले चाहि अश्विनी कुमारबाट नकुल र सहदेव जन्माएकी थिइन ।
अथवा एउटी नारीले जति जना पनि श्रीमानसंग सम्बन्ध राख्न सक्थे । आजका दिनमा पनि उपल्लो डोल्पामा बहु श्रीमान प्रथा कायमै छ । हिजोका सति जान बाध्य बनाइएका हाम्रा जिजु हजुर आमाहरुले यस्तो महिला स्वातन्त्रता आउदछ भन्ने कल्पना पनि गर्नु भएको थिएन । हुन त हाम्रा सनातन ग्रन्थहरुमा पनि महिला स्वतन्त्रतालाइ औधि माया गरीएको छ । हिन्दुहरुका सबै पुजाहरुमा पञ्च कन्याहरुको पुजा गरीन्छ । ति पञ्च कन्याहरुका धेरै जना श्रीमानहरु थिए । द्रौपदी कुन्ति तारा मन्दोदरी अहिल्या पञ्च कञ्याहरु हुुन ।
वरिष्ठ पत्रकार देव प्रकाश त्रिपाठीले महाप्रलय भन्ने पुस्तकमा २ जना मान्छेहरु मात्र कल्पना गरेका छन । अथवा महाप्रलयमा आमा र छोरा मात्र बाँचेका छन । आमा २८ वर्ष की र छोरा ८ वर्षको मात्र छ । अब यी २ जनाले विश्वमा अरु मानवहरुको जनसंख्या बृद्धि गर्नुछ । यस वखतमा संस्कृती ठुलो कि प्रकृती ठुलो भन्ने बहस आम नागरिकहरुको हो । संस्कृती ठुलो हो भने मानव समाज यी आमा र छोराबाट सदाका लागि अन्त्य हुनेछ । मानिस मनबाट चल्छ । मनको स्वीकृतीले मात्र उसले जुनसुकै काम गर्छ चाहे डराएर भागोस वा हिम्मत गरेर अगाडी बढोस । मनोविज्ञानमा ओडिपस कम्ल्पेक्स भनेको आमा र छोरा विचको अघात मायालाइ जनाउदछ । इलेक्ट्रा कम्ल्पेक्स भनेको बाबु र छोरी विचको अघात मायालाइ जनाउदछ । संसारका सबै जिवहरु स्त्री र पुरुष भए पनि गड्यौलामा चाहि स्त्री र पुरुष अंगहरु एउटै जिवमा पाइन्छ । आजको विश्व शिक्षा नीतिमा केटा मात्र वा केटी मात्र पढने विद्यालयमा पढेका विद्यार्थीहरुमा लैगिंक विभेदको भावना बढेको पाइएको छ । गुरुकुलमा पढेकाहरु आजन्म ब्रहचारी बसेका हुन्छन किनभने गुरुकुलमा महिलाहरुलाइ पढ्न बर्जित गरीएको हुन्थ्यो । साम्यवादी सिद्धान्तका पिता कार्ल माक्र्स भन्छन ः मानव समाजले गरेको सबै भन्दा ठुलो गल्ति समाजमा हाइरार्की बनाउनु हो । नत्र समाजमा सबै समान हुन्थे । न कुनै वर्गको उत्पति नै हुने थियो । न कुनै कानुनहरु नै बनाउनु पर्दथ्यो । जव समाजमा म ठुलो र अरु साना भन्ने विभेदको शुरु भयो तब जन्मियो मानिस मानिस विचमा अजम्वरी द्धन्द । यहाँ कोहि राजा महाराजा भए कोहि दास भए तर सबै मानिसहरु नै थिए ।
मानिसहरुको विचार यति सम्म विभेदकारी बनाइयो की दुइजना पण्डितहरुले एक अर्कामा १ घण्टा सम्म मोवाइल फोनबाट विज्ञान र प्रविधिको विरोध गरे भन्छन ।समाजलाइ संकुचित र अनुदार बनाउने सघाउने तत्वहरु भनेका ः धामी झाक्रि, माता, सबै खाले पुरेत, ज्योतिष, पण्डित, पञ्चतन्त्रका कथाहरु, शोषण, दमन अन्याय, कुप्रथा आदी हुन । समाजलाइ उदार र खुल्ला बनाउने तत्वहरु विज्ञान, अवलोकन, भ्रमण, प्रविधि, व्यापार, बहस, तर्क वितर्क खुल्ला छलफल, परीक्षण, साहास, प्रतियोगिता, घटना हुनमा कारणहरुको खोज, तथ्यपरक वार्ताहरु, आपसि मान सम्मान, स्वातन्त्रता, समानता, न्याय आदी हुन । धन्यवाद । (मैले यो लेख तयार गर्न धेरै लामो अनुसन्धान गरेकी छु । यो लेखको उद्धेश्य समाजका विभिन्न प्रणालीहरुको जानकारी दिनु हो ।)