
जिन ज्याक रुषो राज्य उत्पति सम्बन्धि सिद्धान्तका प्रमुख विचारक हुन । उनले राज्यको उत्पति साधारण इच्छा मिल्नेहरुको साझा सम्झौता हो भनेका छन । यो अमुर्त सिद्धान्त हो । किनभने आज नेवार गाऊ छ, दहाल गाऊ छ, पञ्जाव राज्य छ, नागालैण्ड राज्य छ । अथवा यी सबैको साधारण इच्छा मिलेको छ ।
यस्तै अन्तरजातिय विवाह गर्ने भन्ने असाधारण इच्छा हो । तर जातिय विवाह गर्ने भन्ने साधारण इच्छा हो । हामी एम ए मा पढ्ने साथिहरुको समान्य इच्छा हो । तर एम ए र कक्षा १ मा पढ्नेको सम्बन्ध चाहि असाधारण इच्छा हो । हामी ३ करोड नेपालीहरुको सामान्य इच्छा नै नेपाललाइ यहाँ भन्दा धेरै विकास नगर्ने भन्ने हो । वेलायतका ६ करोड ७० लाख जनता र नर्वेका ५करोड ४ लाख जनताहरुले ति देशहरुलाइ अहिलेको भन्दा कम विकास नगर्ने भन्ने सामान्य इच्छा हो ।
नेपाली मानसिकता अनुसार आजको अति नै अल्प विकासिल नेपालको जिवन पद्धति, जिवन शैलि र जिवन स्तरमा बाँच्ने हामीले बानी बनाइ सकेका छौ । नेता वा प्रतिनिधि भनेको त सामान्य बहुमतबाट छानिने पात्र मात्र हो । सामान्य नागरिकहरु नै नेपाललाइ विकसित बनाउन चाहान्दैनन् , जान्दैनन् वा रुचाउन्दैनन् भने नेपालमा कुनै पनि नेताहरु दोषि छैनन् । जेनेरल विइल वा सामान्य इच्छा भनेको सबैको समान इच्छा वा व्यावहार हुनु हो । जस्तो राणाहरु पनि नेपाली, राजाहरु पनि नेपाली र आजका गणतन्त्रवादीहरु पनि नेपाली ।
हामी भन्छौ राणाहरुले विकास गरेनन्, राजाहरुले विकास गरेनन्, आजका नेताहरुले विकास गरेनन् तर यी राणा, राजा र आजका नेताहरुको सामान्य इच्छा नै उस्तै हो अनि कसरी गर्छन त विकास । हामी सबै जना अति नै सर्किण संकुचित बन्द र रुढीवादी समाजबाट सामाजिकीकरण भएर आएका छौ । यसैले धेरैजसो नेपालीहरु गरीब मात्र होइन, हरीप पनि छन, कंगाल मात्र होइन चण्डाल पनि छन, छट्टु मात्र होइन टट्टु पनि छन र भ्रष्ट मात्र होइन दुष्ट पनि छन । यो सबै हुनको कारण हामी नेपालीहरुको सारै निम्न स्तरको सोचाइ भएरै हो ।
हामी मेहनत गर्न, योजना बनाउनमा, उद्योग स्थापना गर्न आदीमा ध्यानै दिदैनौ, हामी भ्रष्टाचार गरेर कामउन, लुटेर कमाउन, दाइजोबाट सम्पति ल्याउन, धनि श्रीमानसंग विवाह गर्न जस्ता अप्राकृतीक धन सञ्चयको बाटोमा रमाएका छौ । यो नै हाम्रो सामान्य इच्छा हो । नेपाली महिलाहरुलाइ संस्कृती वा संस्कारले जम्मा १५२ वटा सामान्य इच्छाहरु दिएको छ । यी नारीका मात्र सामान्य इच्छाहरु हुन ।
जस्तो सारी लगाउने , सिंन्दुरपोते लगाउने, चुरा लगाउने, पतिव्रता बन्ने आदी । आज सम्म भारत र नेपालमा कुनै पनि श्रीमानले आफ्नी श्रीमतिलाइ तपाइ वा हजुर भनेर सम्बोधन गरेको इतिहाँस र वर्तमान छैन । यो हाम्रो संस्कृतीको सामान्य इच्छा हो । निकोलो मेकियावेलि भन्दछन, शत्रुपक्षबाट जितेर ल्याएका दुस्मनहरुलाइ एकै स्थानमा बस्न दिनु हुदैन नत्र उनिहरुले एकता गरेर पुन राज्यद्रोह मच्चाउन सक्दछन । साम्यवाद पनि एउटा सामान्य इच्छा मात्र हो । नेपालको एकिकरणमा भने बैचारीक एकिकरण वा सामाजिक सामोशिता भएन ।
यसमा केवल अनेकतामा एकताको एकिकरण मात्र भयो । महिला दलित जनजाति र तराइवासिले २०४६ पछि मात्र हाम्रो पनि अधिकार हुने रहेछ भन्ने अधिकारको बास्ना थहा पाए । पंचायतकालभरी दरबारका मान्छे बाहेक कसैलाइ पनि पासपोर्ट बनाउन दिइन्दैन्थ्यो । समाजमा ३ आर्थिक वर्गहरु हुन्छन । तर यी निम्न मध्यम र उच्च वर्गमा आआफ्नै वर्गको सामान्य इच्छा मिल्छ । पानीको सतह आफैमा सामान्य इच्छा हो । यस्तै मानव निर्मित हाइवेहरु पनि सामान्य इच्छाहरु नै हुन । सामान्य इच्छा भौतिक पदार्थ नभएर मानसिक सोचाएइका उपजहरु हुन । सुगा तोता मैना नेताहरुले ज्यादै मिठो बोल्छन तर काम गर्दैनन् । गाडी रेल डोजर बल्टुजर रकेट बम मिसाइल आदी बोल्दैनन् तर काम गर्दछन । यसैले मैना र नेताहरु तथा उल्लेखित उपकरणहरुमा आफ्नै सामान्य इच्छाहरु छन ।
संसारका सबै मान्छेहरुले मोवाइल फोन मन पराउनु , हवाइजहाजमा यात्रा गर्दा रमाउनु, सात तारे स्टार होटलमा गएर खाना खानु वस्नु, विश्वका १५० भन्दा वढि देशहरुको भ्रमण गर्नु , आफैसंग प्राइवेट हवाइजहाज हुनु, आफुलाइ शारिरीक मानसिक वा सामाजिक कुनै समस्याहरु नहुनु आदी हाम्रा सामान्य इच्छाहरु हुन । तर संसारमा ३ थरीका मान्छेहरुको सामान्य इच्छाहरु मिलेका हुन्छन । ति हुन ः यो संसारमा मरीसकेका मानिसहरु, यो संसारमा अहिले जिवित रहेका मानिसहरु र अब यस संसारमा जन्मन बाँकि रहेका मानिसहरु ।
देवताहरु, मानिसहरु र राक्षसहरु पनि सामान्य इच्छा मात्र हुन । नेपालमा ६ जना मात्र सम्माननीय नागरिकहरु छन । ति हुन सम्माननीय राष्ट्रपति, सम्माननीय उपराष्ट्रपति, सम्माननीय प्रधानमन्त्री, सम्माननीय सभामुख, सम्मननीय राष्ट्रिय सभाका अध्यक्ष र सम्माननीय प्रधानन्याधिष । यी सबै सामान्य इच्छा मात्र हुन । हजुर बुबाहरु सामान्य इच्छा हुन भने नाती नातीनाहरु पनि सामान्य इच्छा मात्र हुन । कठोरता पुर्वक बल प्रयोग गरेर कन्ट्रोल द माइन्ड, बे्रन वास, बे्रन स्टोमिङ्ग आदी गरेर सामान्य इच्छा बनाउन सकिन्दैन । सहकार्य सहयात्रा सहभोज र सहबासले सामान्य इच्छा बनाउन सहयोग गर्दछ । बौद्धिक अपचलन र विचलनले गर्दा सामान्य इच्छाहरु असामान्य बन्दै गएका हुन्छन । अज्ञान ज्ञान र विज्ञानको आपसमा सामान्य इच्छा हुदैन । यी तिनै फरक इच्छाहरुका हुन । जलचर स्थलचर र खेचर पनि सामान्य इच्छाका होइनन् । ग्याँस तरल र ठोस पनि सामान्य इच्छाका होइनन् । वालक जवान र बृद्ध पनि सामान्य इच्छाका होइनन् ।
हिमाल तराइ र पहाड पनि सामान्य इच्छा होइनन् । प्रकृतीमा पनि सामान्य इच्छा छ । रात रातहरु सामान्य इच्छाहरु हुन भने दिन दिनहरु सामान्य इच्छाहरु हुन । हिउद हिउद र वर्षा वर्षा पनि सामान्य इच्छाहरु हुन । विश्वमा पहिलो विश्व, दोस्रो विश्व र तेस्रो विश्वका विचमा जुन दिन सामान्य इच्छा हुन्छ त्यहि दिन विकास हुन्छ । त्यस्तै हामी सबै नेपालीहरुमा एउटा विकसित आधुनिक औद्योगिक र लोकतान्त्रीक नेपाल बनाउनका लागि जुन दिन हामीमा सामान्य इच्छा हुन्छ त्यहि दिन हाम्रो विकास प्रणालीको अनुशरण गर्न स्वीजरलैण्ड र सिंगापुर पनि तम्सनेछन ।
बोगटी त्रिवि केन्द्रिय राजनतिशास्त्र विभाग किर्तिपुरमा स्नाकोत्तर तहमा अध्यानरत छिन ।