
अपाङ्गताताका अभिभावक संघ नुवाकोटको अध्यक्षमा पूर्णलाल श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । मङ्गलबार भएको संघको १७ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट श्रेष्ठ निर्विरोध अध्यक्षमा चयन भएका हुन् । संघको नयाँ कार्यासमितिको कोषाध्यक्षमा सरिता थापा पुडासैनी, सचिवमा निता आचार्य निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै, सदस्यहरुमा केशव अधिकारी, रामबाबु श्रेष्ठ, माया माझी र जमुना प्याकुरेल रिमाल रहेका छन् । निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीलाई विदुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लिलानाथ न्यौपानेले खादा लगाईदिएका थिए ।
वडाध्यक्ष न्यौपानेले संघको सुपरिवेक्षणमा रहेको बौद्धिक प्रारम्भिक विद्यालय (बौद्धिक अपाङ्गता दिवा हेरचाह केन्द्र) सञ्चालनको लागि नीतिगत कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
Enter
Thu 5:09 PM
You sent
Hus