
काठमाडौं, नेपाली कांग्रेस संसदीय दलको निर्वाचन आज बुधबार बिहान ८ बजेबाट हुँदैछ । संसदीय दलको निर्वाचन गर्न बनेको तीन सदस्यीय निर्वाचन समितिले बिहान ८ बजेबाट १० बजेसम्म निर्वाचनको कार्यतालिका तय गरेको छ । कांग्रेस संसदीय दलको नेतामा पार्टी सभापति शेरबहादुर देउवाले उम्मेदवारी दिनुभएको छ ।
यस्तै महामन्त्री गगन थापाले शेखर कोइराला र महामन्त्री विश्वप्रकाश शर्माको समर्थनमा उम्मेदवारी दिनुभएको छ । ८९ सदस्यीय रहेको कांग्रेसमा दुई जनाको उम्मेदवारी परेपनि पार्टी सभापति देउवाको पक्षमा स्पष्ट बहुमत रहेको स्रोतको दावी छ । देउवा निकट स्रोतका अनुसार देउवाको पक्षमा ६५ जनाभन्दा सांसद रहेका छन् भने शेखर,गगन समुहमा २४ जना सांसद रहेका स्रोतको दावी रहेको छ ।
यसअघि देउवा समूहबाट महामन्त्री लडेका प्रदिप पौडेलले गगन थापालाई समर्थन गरेका छन् । जसका कारण गगनको मत केही बढ्ने अनुमान गरिएको छ । उता सभापति देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । देउवालाई प्रकाशमान सिंह विमलेन्द्र निधि लगायतका नेताहरुको पनि समर्थन रहेको छ । देउवाको पक्षमा झण्डै तीन जर्दन सांसद उम्मेदवारी दर्ताका समयमा नै पुगेका थिए । सभापति देउवा पक्षले शान्ति र संविधानको रक्षाका लागि देउवालाई नै संसदीय दलको नेता बनाउनुपर्ने एजेण्डा अघि सारेको छ ।
गगन पक्षले परिवर्तनका लागि युवाहरुको नेतृत्वको एजेण्डा अघि सारेको छ । कांग्रेस संसदीय दलको नेता बनेसँगै प्रधानमन्त्रीका लागि बाटो खुला हुनेछ । कांग्रेसमा देउवा छैट्टौं पटक प्रधानमन्त्री बन्ने दाउँमा हुनुहुन्छ भने कांग्रेस महामन्त्री गगन थापा पनि यस पटक संसदीय दलको नेता बनेर प्रधानमन्त्री बन्ने दौडामा रहनु भएको छ । महामन्त्री थापाले निर्वाचनका बेला नै आफू प्रधानमन्त्रीको दावेदार भन्दै मत माग्नु भएको थियो ।
थापाले सोही फण्डाका आधारमा निर्वाचन जितेको राजनीतिक जानकारहर बताउँछन् । सोमबार बसेको बैठकले बुधबार निर्वाचन गर्ने निर्णय गरेको हो । यसअघि कांग्रेसद्धारा गठन गरिएको निर्वाचन समितिका संयोजक भीष्मराज खाङ्देम्बेले जारी गर्नुभएको निर्वाचन कार्यतालिका अनुसार पुस ४ गते दिउँसो २ बजेसम्म मतदाता नामावली प्रकाशन गरिएको छ ।
साथै, २ बजेर ३० मिनेटमा नामावली उपर दाबी विरोधका लागि समय तोकिएको थियो भने अपराह्न ४ बजे अन्तिम नामावली प्रकाशन गरिएको थियो । यस्तै मंगलबार दरखास्त दिने समय तोकिएको थियो । साथै, दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिएको थियो । निर्वाचन समितिले जारी गरेको विज्ञप्ति अनुसार संसदीय दलको निर्वाचन आज ८ बजेदेखि १० बजेसम्म हुनेछ ।