
अस्पतालको कार्यक्रममा उत्कृष्ट कमृचारीलाई सम्मानित गरेपछि संयुक्त पोटो खिचाउँदै
काठमाडौं । राजधानीको गोंगबुमा रहेको विनायक अस्पताल तथा प्रसुति गृहले आफ्नो २६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । पौष १५ गते राजधानीको अरिकल इभेन्टस् महाराजगन्जमा आयोजना गरिएको साधारणसभामा संस्थाको तर्फबाट प्रवन्ध निर्देशक केपी लामिछानेले अध्यक्षको प्रतिवेदन पेश गर्नुभएको थियो ।
प्रबन्ध निर्देशक लामिछानेले पेश गर्नुभएको प्रतिवेदन अनुसार अस्पतालले गत आर्थिक वर्ष ०७७।०७८ को भन्दा ०७८।७९ मा झण्डै ३४ प्रतिशतले आर्थिक कारोबारमा बृद्धि गरेको छ । आर्थिक वर्ष ०७७।०७८ अस्पतालको कुल कारोबार ११ करोड ७१ लाख ८३ हजार रहेकोमा ०७८।७९ मा १५ करोड ६८ ला ८७ हजारको कारोबार गरेको अध्यक्षको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तै प्रतिवेदनमा अस्पतालको शेयर पुँजी २५ करोड ५ लाख ५८ हजार सात सय रहेको छ । ६२ जना शेयर सदस्य रहेको अस्पतालले हाल आइसियु, भेन्टिलेटर, सिटिक्यान लगायत ओपीडी सेवासहित ५५ शैष्याको बेड संस्चालन गर्दै आएको छ । यस्तै अस्पतालको नाममा गोगंबु बसपार्क नजिकै २ रोपनी जग्गा खरिद गरिएको र आगामी ५ वर्षभित्रमा भवन निर्माण गरि १०० शैष्याको बेड क्षमता विस्तार गरि आफ्नै भवनबाट सेवा प्रवाह गर्ने पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यस्तै अस्पतालले दुर्गम गाउँका बिरामी, गरिब, असहायहरुलाई सहुलियत दरमा सेवा प्रवाह गर्दै आएको र उपचार नै गर्न नसक्ने गरिबहरुका लागि छुट्टै व्यवस्था गरिएको अस्पतालका प्रवन्ध निर्देशक केपी लामिछानेले जानकारी दिनुभयो । अध्यक्षको अनुपस्थितिमा प्रवन्ध निर्देशक लामिछानेको सभापतित्वमा भएको कार्यक्रममा अस्पतालका सल्लाहकार प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा अतिथिको रुपमा सिटिभिटिका उपाध्यक्ष खगेन्द्र अधिकारी, अस्पतालकी मेडिकल डाइरेक्टर उषा श्रेष्ठ,सिभिल अस्पतालका डाइरेक्टर डा. विद्यानिधि पौडेल, तुलसी बहादुर श्रीखण्ड श्रेष्ठ, अस्पतालका वोर्ड अफ डाइरेक्टर पशुपति लामिछाने, वरिष्ठ चिकित्सक एम द्धा, सल्लाहकार अच्चुत लामिछाने, उषा खाँड लगायतले अस्पतालको सफलताको कामनासहित शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि श्रेष्ठले नेकपा एमालेका नेता एवं , समाजसेवी नुवाकोट खरानीटार निबासी केपी छामिछानेको सक्रियतामा स्थापना भएको अस्पताले व्यापार भन्दा पनि सामाजिक सेवाको रुपमा सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा पनि अस्पताले गरिबहरुका लागि सहयोग गर्न सक्ने बन्न सुझाव दिनुभयो ।
उहाले छोटो समयमा नै अस्पतालले पाएको सफलताप्रति यसका सञ्चालक, चिकित्सक र कर्मचारीको योगदान रहेको भन्दै यसलाई अझ पराकिलो बनाउँदै लैजान आग्रह गर्नुभयो । कार्यक्रममा प्रवन्ध निर्देशक लामिछानेले आफूले अस्पताललाई व्यापार भन्दा पनि सेवाको रुपमा विकास गर्दै लगिरहेको र आगामी दिनमा पनि यसलाई सेवा भावले नै अघि बढाउने बताउनुभयो ।

अस्पतालले नुवाकोट जिल्लाका बिरामीहरुलाई अझ सहुलियत दरमा सेवा प्रवाह गरिरहेको संस्थाका डाइरेक्टर पशुपति लामिछानेले जानकारी दिनुभयो । सो अवसरमा अस्पताले उत्कृष्ट पाँच जना कर्मचारीलाई पुरस्कृत गर्दै जनही पाँच हजार नगद समेत प्रदान गरेको थियो ।
