
काठमाडौं, नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी पाँच वर्षमा जनताको विश्वासमा ठेस लाग्न नदिने प्रतिबद्धता जनाउनु भएको छ । सोमबार व्यवस्थापिका संसदको पहिलो बैठकमालिखित रुपमा छाटो मन्तव्य राख्नु भएका सभापति देउवाले सम्बोधन गर्दै सभापति देउवाले नेपाली कांग्रेसले जनताको अपेक्षा र पार्टीका कार्यकर्ताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो उहाले प्रतिनिधिसभामा निर्वाचित हुनुभएका सबै सांसदहरुलाई बधाई दिँदै सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो । ]
उहाले लोकतन्त्रमा आवधिक निर्वाचन अनिवार्य सर्त भएकाले निर्वाचनले दिएको म्यान्डेट अनुसार नेपाली कांग्रेस अघि बढ्ने बताउनुभयो । उहाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको सुदृढीकरण आजको आवश्यकता रहेको भन्दै यसको सुदृढिकरणमा नेपाली कांग्रेस प्रतिवद्ध रहेकोमा पनि जोड दिनुभयो ।
उहाले लोकतन्त्रको विकासका लागि र संविधानको कार्यान्वयन गर्नका लागि धेरै कानुन निर्माण गर्न बाँकी रहेकाले त्यसको निर्माणमा कांग्रेसले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । सभापति देउवाले संविधानको रक्षा भएमात्रै लोकतान्त्रिक गणतन्त्र संस्थागत बन्ने भन्दै त्यसको संरक्षणका लागि नेपाली कांग्रेस कहिलेई पनि पछि नहट्ने उद्घोष पनि गर्नुभयो ।
उहाले वर्तमान सरकारलाई बधाई दिँदै प्रतिनिधि सभाको कार्यकाल संविधानको सुरक्षा, कार्यान्वयन, संघीय लोकतान्त्रिक गणतन्त्रको व्यवस्थाको सबलीकरणको लागि विशेष काम हुनेमा विश्वास व्यक्त गर्नुभयो