
काठमाडौं ÷ संसार क्रियशन्स् नेपालको आयोजनमा नेपालभाषा स्टार म्युजिक भिडियो अवार्डस–२०२२ सम्पन्न भएको छ । किर्तिपुर र सिनेप्लेक्समा आयोजना भएको सो समारोहमा प्रशन्न शाक्य उत्कृष्ठ १० भिडियो सर्जक तथा निर्देशकमा पर्न सफल भएका छन् । विगत लामो समय देखि यस क्षेत्रमा निरन्तर योगदान दिदैं आएका शाक्यले उत्कृष्ठ १० भिडियो सर्जक तथा निर्देशकमा पर्न सफल भएका हुन ।
उकृष्ठ बन्न भएसँगै शाक्ले आजको युगमा कुनै पनि मानिस संगित तथा सांगितीक कार्यक्रम विना अधुरो रहने उल्लेख गर्नुभयो । उनले नेपालको हर कुना काप्चामा रहेका लुकेका प्रतिभाहरुलाई खोजी खोजी अवसर प्रदान गनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा विभिन्न क्षेत्रका कलाकार, फोटोग्राफर, ड्रिरेक्टर, पोडुसर लगायत कलाकर्मीहरुको सहभागिता रहेको थियो
