
विदुर । निर्वाचन आयोगले राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन २५ गते राष्ट्रपतिको निर्वाचन हुनेछ । निर्वाचन आयोगले जारी गरेको सूचना अनुसार फागुन १० गते उम्मेदवारको नामाबली प्रकाशित गरिने छ ।
यस्तै फागुन ११ गते उम्मेदवारको उजूरी उपर छानविन गर्ने,फागुन १३ गते उम्मेदवारको मनोनयन दर्ता, १३ गते अपरान्ह्र ३ बजे उम्मेदवारको अन्तिम नामाबली प्रकाशन गर्ने, १४ गते १० बजेदेखि २ बजेसम्म उम्मेदवारको विरोधमा उजूरी दावी गर्ने, १५ गते मनोनयन उम्मेदवारका विरुद्धमा परेको उजूरी विरुद्धको जाँचबुझ गर्ने र सोही दिन २ बजेदेखि ५ बजेसम्म उम्मेदवारको अन्तिम नामाबली प्रकाशित गर्ने कार्यतालिका रहेको छ ।
यस्तै १६ गते १० बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने , फागुन १६ गते उम्मेदवारको अन्तिम नामाबली प्रकाशित गर्ने र फागुन २५ गते मतदान गर्ने जारी तालिकामा उल्लेख गरिएको छ । मतदान सम्पन्न भएसँगै आयोगमा सबै मतपेटिका संकलन भएसँगै मतगणना गरिने पनि आयोगले जनाएको छ ।
यस्तै उपराष्ट्रपतिको निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरिएको छ । आयोगले जारी गरेको कार्यतालिका अनुसार फागुन २७ गते ९ बजेसम्म उम्मेदवारी दर्ता, २ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामाबली प्रकाशन, ३ बजेदेखि ६ बजेदेखि उम्मेदवार विरुद्ध दावी विरोध गर्ने , २८ गते १२ बजेसम्म उम्मेदवार विरुद्ध परेको उजूरीका दावी विरुद्ध जाँचबुझ गर्ने, २८ गते १२ बजेदेखि १ बजेसम्म उम्मेदवारको अन्तिम नामाबली प्रकाशन गर्ने, १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने ,२८ गते उम्मेदवारको अन्तिम नामाबली प्रकाशन गर्ने र चैत्र ३ गते निर्वाचन गर्ने कार्यतालिका रहेको जनाएको छ ।