
सरकारबाट बाहिरिने केन्द्रीय र संसदीय दलको निर्णपछि पत्रकार सम्मेलनमा सरकारबाट बाहिरिएको जानकारी दिँदै सभापति लामिछाने ( तस्बिर ः नुवाकोट पुकार डटकम
काठमाडौं, सरकारमा सहभागि भएको एक महिनामा नै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारबाट बाहिरिएको छ । आइतबार बसेको पार्टी केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सो पार्टीका सभापति रवि लामिछानेले पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको जानकारी दिएका थिए । यद्यपि उसले सरकारबाट बाहिरिए पनि सरकारलाई दिएको समर्थन भने कायम राख्ने निर्णय गरेको छ
। पत्रकार सम्मेलन लगत्तै पार्टीका मन्त्रीले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन् । पार्टीका सभापति लामिछानेलाई नागरिकताका विषयमा सर्वोच्च अदालतले संसद सदस्य नरहने गरि फैसला सुनाएपछि लामिछानेले गृहमन्त्रीबाट राजीनामा दिएका थिए ।
उनले पुनः नागरिकता लिएसँगै आफूलाई गृहमन्त्री बनाउनुपर्ने दवाव दिँदै आएका थिए । तर प्रधानमन्त्री पुष्पकमल दाहालले लामिछानेको राहदानीका विषयमा मुद्दा अझै रहेकाले गृह मन्त्री बनाउन नसकिने जवाफ दिएका थिए ।
यसबीचमा सत्ताको अर्कोे साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने लामिछानेलाई गृहमन्त्री बनाउन प्रधानमन्त्रीलाई दवाव दिएका थिए । सो दवावकाबीच राष्ट्रिय स्वतन्त्र पाटीले प्रधानमन्त्रीलाई दुई दिनको अल्टिमेटम दिएको थियो । अल्मिेटम सकिदाँ पनि प्रधानमन्त्री दाहालले गृहमन्त्री बनाउन चासो नदेखाएपछि अन्तत राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएको छ ।
रास्वपाबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल हुनुहुन्छ । त्यसैगरी रास्वपाकै तर्फबाट तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री बन्नु भएको छ । रास्वपाका मन्त्रीहरु खनाल, अर्याल र राज्यमन्त्री कार्कीले माघ ३ गते पद तथा गोपनीयताको शपथ लिनुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएसँगै सरकार थप दावमा परेको छ । यस्तै राप्रपा पनि सरकारबाट बाहिरिने तयारीमा रहेको स्रोतले बताएको छ ।