
काठमाडौं । नेपाली कांग्रेसले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ । आज बिहान पार्टी कार्यालयम सानेपा ललितपुरमा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकले पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
तनहु जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित हुनु भएका पौडेलको राजनीतिक इतिहास निकै लामो रहेको छ । नेपाली कांग्रेसभित्रका वरिष्ठ नेताहरुमध्ये एक नेता पौडेल शालिन र भद्र नेताका रुपमा परिचित हुनुहुन्छ । पौडेललाई सर्वसम्वत्तिबाट निर्णय गरेको प्रवक्ता महतले जानकारी दिनुभयो ।
यसअघि प्रतिनिधिसभमा प्रतिनिधित्व गरेका आठ राजनीतिक दललले राष्ट्रपतिमा नेपाली कांग्रेसको उम्मेदवार कांग्रेसलाई सहयोग गर्ने निर्णय गरेका थिए । आठ दलको निर्णयसँगै पोडेल राष्ट्रपति बन्ने लगभल निश्चित रहेको छ । । हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको आठ दलको बैठकले यस्तो निर्णय गरेको हो ।
कांग्रेस, माओवादी केन्द्र, नेकपा एस, जसपा, लोसपा, जनमत, नागरिक उन्मुक्ति र जनमोर्चाले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाललको प्रस्तावमा अन्य सात दलले कांग्रेसलाई समर्थन गर्ने निर्णय गरेका थिए ।
सो समर्थन सँगै विगत दुई महिना अघि एमालेको नेतृत्वमा बनेको गठबन्धन भत्किएको छ । यस्तै कांग्रेस बैठकले चितवनमा हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय पनि गरेको छ । बैठकले उपनिर्वाचनका लागि उम्मेदवारलाई पत्र प्रधान गर्न सभापतिलाई जिम्मेवारी दिइएको छ । बैठकले पार्टीका नेता तथा सांसद चन्द्र भण्डारीप्रति शिध्र स्वास्थ्य लाभको कामना गर्दै उहाको माताको निधनप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेको छ ।
बैठकले राष्ट्रपतिका लागि कांग्रेसलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भएका दलहरुलाई धन्यवाद पनि दिएको डा. महतले जानकारी दिनुभयो ।