
प्रम सर विस्टिन चर्चिल भन्छन : जव तिमी आफ्नो देश भित्र रहन्छौ तव सबै कुराहरुको विरोध मात्रै गर । तर जव तिमी देश भन्दा बाहिर जान्छौ आफ्नो देशको सबै कुराहरुको प्रशंसा मात्र गर । यसो भयो भने विरोधको कारणले देश बन्दछ । प्रंशंसाको कारण विदेशीहरु देश घुम्न आउदछन । नेपालमा पनि आज हर क्षेत्रमा विरोध छ । विरोध भनेको हिजोका दिनहरुमा अन्याय सहेर बसेका भावनाहरु बच्चन वा कर्मद्दारा बाहिर ल्याउनु हो ।
थोरै विरोध भनेको सुध्रिने मौका हो । तर विरोेध सप्रन थाल्यो भने सिस्टम समाप्त हुन्छ । जस्तो पंचायत, राजसंस्था, राणा शासन, रोमन साम्राज्य, वेलायती सामराज्य आदी विरोधका कारण समाप्त भए । स्थानीय न्यायीक समितीहरु वा सर्वोच्च अदालत वा अन्तराष्ट्रिय न्यायलय यी सबैमा विरोधीहरु उजुरी गर्न जाने हो । मृगले बाघसंग जति नै विरोध गरेपनि सक्दैनन । तर बाघबाट कुदेर वा अरु तरीकाले बच्न सक्छ ।
मानव वा जिवहरुमा वायो रसायन मिल्नेहरु विच एकता हुन्छ । यसरी वायो रसायन नमिल्लेहरु फटाहा र वायो रसायन मिल्लेहरु सज्जन भए पछि दोहोरो घमासन हुन्छ र एउटा मसानमा नै पुग्दछ । विरोधहरु साना देखि ठुलाठुला हुन्छन । पकेट माराले कसैको गोजागोजी काट दिनु पनि विरोध हो भने अमेरिकाले जापानमा बम खसाउनु पनि बिरोध हो । आपसि विरोधले नै तेस्रो कुरा वा समाधान जन्माउदछ । विरोध नरीवलको जटा जस्तै हो । अथवा विरोधहरु पछाडी उत्तम बस्तुहरु पाइन्छ । विरोध एजेण्डा बोक्ने एजेण्डाहरु विच हुन्छ ।
जस्तो खलासी र वसको भाडामा ४५ प्रतिशत छुट लिने विच हुने विरोध । अहिले पनि तपाइ कसैको विरोध र समर्थन गरीरहनु भएको छ । कहिले जाडोको विरोध कहिले गर्मिको विरोध । कहिले शासुको विरोध कहिले नेताको विरोध । कहिले आफैद्धारा आफ्नै विरोध । कहिले नेताको विरोध गरीयो । कति विरोध बुझेर गरीयो कति विरोध अरुलाइ साथ दिन गरीयो । राजनीतिमा विरोधलाइ विद्रोह वा इन्सरजेन्सि भनिन्छ । हिजो विरोध गर्नेहरुलाइ फेरी अरुले विरोध शुरु गर्छन । विरोधीको संख्या भन्दा पनि विरोधिको शक्ति निर्णायक हुन्छ । सरकारको विरोध गरो तर उसले शक्तिको भरमा विरोध दवाइ दिन्छ । आजभोलि नेपालमा जताततै विरोध र समर्थन पाइन्छ । यसका लागि फेसबुकलाइ धन्यवाद । अन्याय गर्ने भन्दा अन्याय सहने ठुलो अपराधि हो । ढिलो न्याय दिनु भनेको न्याय नदिनु सरह हो ।
डा. युवराज संग्रौला भन्छन : नेपालमा न्यायलय छ न्यायधिषहरु छन तर न्याय छैन । काग कराउनु र विस्कुन सुकाउनु पनि विरोधको एक स्वरुप हो । मस्त निदाउनु पनि विउझनुको विरोध हो । हामी जे गर्दा पनि कसैको समर्थन र कसैको विरोधमा काम गरी रहेका हुन्छौ । जस्तो तरकारी काट्दा पनि हामी तरकारीको काटेर विरोध गर्दछौ । तर तरकारी काट्ने भन्दै अरु त काट्न पाइएन । बोगटी बिद्धार्थि सम्सद रास्टृय महासङ्हको अध्यक्ष तथा सम्सदिय साक्षरता प्रशिक्षक हुनुहुन्छ्।