
प्रमुख जिल्ला अधिकारी किरण थापा र प्रहरी प्रमुख
विदुर । जिल्लाको बेलकोटगढी नगरपालिकास्थित वडा नं १२मा पहिरोबाट मृत्यु भएको परिवारलाई नगदसहित खाद्यान्य सहयोग गरिएको छ । सोमबार पीडितको घरमा पुगेर सहयोग गरिएको नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती नुवाकोट पुकारलाई जानकारी दिनुभयो ।
पहिरोमा परि मृत्यु भएको परिवारको श्रीमती तथा परिवारलाई राहत सामग्री बितरण गरिएको हो । जिल्ला प्रशासन कार्यलय नुवाकोटबाट नगद दुई लाख रुपैयाँ ,नुवाकोट उद्योग बाणिज्य संघबाट एक महिनालाई पुग्ने खाद्यान्न सामाग्री चामल,तेल,दाल,नुन ,आलु,बिस्कुट सहित नेपाल रेडक्रस नुवाकोटबाट कम्बल, पकाउने भाँडासहितको राहत सामाग्री वितरण गरिएको थियो ।
राहत वितरणका लागि प्रमुख जिल्ला अधिकारी किरण थापा , जिल्ला प्रहरी कार्यालयमा प्रमुखरमेश पण्डित, नुवाकोट उद्योग बाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सन्तोष उप्रेती, जिल्ला रेडक्रस नुवाकोटका सभापति हरि श्रेष्ठ पीडितको घरमा बेलकोटगढी पुग्नु भएको थियो ।केही दिन अघि गएको पहिरोबाट परिवारका सदस्यको निधन भएको थियो।